छोरालाई हजुरबुवा स्व.राज कपुरसँग भेटाउने इच्छा थियो-करिना कपुर

एजेनसी-बलिउड नायिका करिना कपूरले छोरा तैमूरलाई हजुरबुवा स्व.राज कपुरसँग भेटाउने इच्छा रहेको बताएकी छिन्।उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘यदि उसको हजुर बुवा मंसुर अली खान पटौदी र स्व. जिजुबाजे राज कपुरसँग तैमूरलाई भेटाउन पाए म असाध्यै खुसी हुन्थे। मेरो यही चाहना थियो।’पछिल्लो समय नायिका करिना कपुर र सैफ अली खान छोरा तैमूरलाई लिएर निक्कै चर्चामा आइरहेका छन्।

यो पनि लकडाउनमा खाना पकाउँदै, पुस्तक पढ्दै श्रेया घोसाल

एजेन्सी-चर्चित भारतीय गायिका श्रेया घोसाल लकडाउनको समयमा घरमै बसेर बिताइरहेकी छिन्। उनी आजभोलि घरमा खाना बनाउँदै आएकी छिन् भने घरको सरसफाइमा विशेष ध्यान दिँदै आएकी छिन्।यतिमात्रै होइनन् उनी घरै बसेर गीत गाउनु र रियाज गर्नु पनि दिनचर्या नै बनेको छ भने बेला बेलामा पुस्तक पनि पढिरहेकी छिन्।

उनलाई एक फ्यानले ट्वटरमा तपाइ कसरी समय बिताइरहनु भएको छ भनेर प्रश्न गर्दा जवाफमा उनले भनिन्, ‘खाना बनाएर, घरको सफाइ गरेर,गीत गाएर, रियाज गरेर अनि पढेर अनि सुतेर बिताइरहेकी छु।’यसका साथै उनले आफू अहिले धेरै रोचक पुस्तक ‘सेपियन्स’ पढिरहेको बताएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *