‘बागी ३’ र ‘अंग्रेजी मिडियम’ अब हलमा रिलिज नहुने, अनलाइनमा हेर्न सकिने

काठमाडौं – कोरोना भाइरसका कारण नेपालमा मात्र होइन, सारा विश्वमा नै यसको प्रभाव परेको छ । सरकारको लकडाउनका कारण सिनेमा हलहरु बन्द छन् । फिल्म छायांकन र अन्य कामहरु पनि पूर्णत बन्द गरिएका छन् ।

हिन्दी फिल्म ‘बागी ३’ र ‘अंग्रेजी मिडियम’ पनि रिलिजका क्रममा हुँदा नै हलबाट उत्रिएका थिए । बलिउडमा पनि कोरोना भाइरस फैलन सक्ने भन्दै हलहरु बन्द गरिएको थियो ।अझ अहिले त भारतमा पनि लकडाउन गरिएको छ ।

लकडाउनका कारण यी दुई फिल्म पुनः हलमा रिलिज गरिने अनुमान गरिएको थियो । दर्शक पनि हलमा फिल्म लाग्नेमा विश्वस्त थिए । तर, मेकर्सले अब यी फिल्म हलमा रिलिज नहुने बताएका छन् ।दुवै फिल्म अब अनलाइन प्लेटफर्ममा रिलिज गरिनेछन् । जहाँ दर्शकले फिल्म हेर्न पाउनेछन् ।

इरफानको फिल्म ‘अंग्रेजी मिडियम’ १३ मार्चमा रिलिज भएको थियो । यसको केही हप्तामै भारत सरकारको आदेश अनुसार फिल्म हल बन्द गरिएको थियो ।यस्तै ६ मार्चमा रिलिज भएको टाइगर श्राफको फिल्म ‘बागी ३’ ले पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको थियो । सरकारले हल बन्द गर्न आदेश दिएपछि फिल्मको प्रदर्शन रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *