साउदी अरबको ९ शहरहरुमा २४ घण्टे क’र्फ्यु लागु, घरबाहिर ननिस्कन नेपालीलाई दूतावासको अपिल

काठमाडौ – साउदी अरबमा क’र्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको छ ।यसअघि गत अप्रिल २३ मा राति ७ बजेदेखि विहान ६ बजेसम्मका लागि आंशिक क’र्फ्यू जा’री गरिएको सोमबारदेखि २४ घण्टा नै पुर्‍याइएको हो ।को’रोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जो’खिमलाई रोक्न साउदीको गृहमन्त्रालयले रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको जनाएको छ ।

क’र्फ्यू आ’देश जारी गरेको रियादस्थित नेपाली दूतावासले उक्त क्षेत्रमा रहेका नेपालीहरुलाई घरबाहिर ननिस्कन अ’पिल गरेको छ ।सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अ’पवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरुलाई अ’पिल गरेको हो ।साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई क’र्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । क’र्फ्यूको उ’ल्लंघन गरेमा क’डा का’रबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।हालसम्म साउदी अरबमा २ हजार ५ सय ६ जनामा को’रोना भाइरसको संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *