प्रहरी, एम्बुलेन्स चालक र डाक्टरले समेत छुन नमान्दा २८ वर्षीया युवतीको मृ’त्यु

काठमाडौं, यो कथा हो सामाखुसीस्थित आ’शीर्वाद वृद्धाश्रममा आश्रय लिएकी सरस्वती भुजेलको । उनको उमेर २८ वर्ष मात्र, तर वृद्धाश्रममा कसरी पुगिन् ? कथा सुरु हुन्छ सिन्धुपाल्चोकको बाह्रबिसेबाट ।श्रीमानले कु’टेर जंगलमा फा’ले ।आफन्तले अस्पताल पुर्‍याए । अस्पतालबाट आश्रममा आएकी सरस्वती भुजेल बे’होस भइन् । को’रोनाको ड’रले उपचार पाइनन् र प्रा’ण त्यागिन् ।नाम मात्र सरस्वती, तर उनले विद्यालय गएर ज्ञान लिन पाइनन् । किनकि घरमा ‘लक्ष्मी’ कै अभाव थियो । १४ वर्षमै बिहे भयो, १५ वर्षमा उनी आमा भइन् ।

छोरी दुई वर्षकी हुँदा दोस्रो सन्तानको रूपमा छोराको जन्म भयो ।विपन्न परिवारकी छोरी उनी आफ्ना सन्तानलाई भने सुखी देख्न चाहन्थिन् । तर, श्रीमान् बेरोजगार थिए, घरको गु’जारा चलाउन गाह्रो थियो । त्यसैले ऋण गरेर तीन वर्षअघि उनी वैदेशिक रोजगारीमा गइन् ।कुवेतमा घरको भाँडा माझ्ने मात्र होइन, शेखका छोराछोरीको दिसा धोइदिने काम पनि उनैले गर्थिन् । दिनदिनै धोएर शेखका छोराछोरीलाई चमकदार लुगा लगाइदिन्थिन्, फकाई–फकाई खाना खुवाउँथिन् । यता गाउँमा भने उनका छोराछोरी नांगै–भोकै कुदिरहेका हुन्थे ।

कमाएको पैसा उनले श्रीमानलाई पठाइरहिन् । गाउँको ऋण तिर्न भनिन्, छोराछोरीलाई दुईछाक मिठो खुवाउन भनिन् । पैसा बचत गर्न पनि श्रीमानलाई अ’नुरोध गरिन् । दुई वर्ष कुवेतमा पसिना ब’गाएर उनी स्वदेश आइन् । तर, श्रीमानले न ऋण तिरेका थिए, न बचत गरेका थिए ।छोराछोरीले झन् दुःख पाएका थिए । यो विषयले घरमा बेमेल भयो । सरस्वतीले दुई लाख रुपैयाँ नगद लिएर आएकी थिइन् । तर, श्रीमानसँग झ’गडा हुने र मिल्ने क्रम चलिरहँदा त्यो पैसा पनि सकियो ।एकातिर पैसा घ’ट्दै गयो, अर्कोतिर श्रीमानको या’तना बढ्दै गयो ।

म’दिरा खाएर श्रीमानले उनलाई बारम्बार कु’ट्न थाले । गत जेठमा त श्रीमानले यसरी कु’टे, सरस्वती बे’होस भइन् । उनलाई अस्पताल लग्न छाडेर बाह्रबिसेको पात्लेसिंह जंगलमा फा’लेर श्रीमान् रमेश फ’रार भए । र’क्ताम्मे सरस्वतीलाई गाउँलेले देखे । माइती लाई खबर भयो ।उनलाई उ’द्धार गरेर धुलिखेल अस्पताल ल्याइयो । अनेक प्रयत्न गर्दा पनि १९ दिनसम्म उनको हो’श आएन । दिदी चमेलीले भनिन्, ‘हामीले त माया मारेका थियौं, तर २० औं दिनमा उसको होश आयो । ऊ बाँची, किनकी उसले दुःख पाउन अझै बाँकी रहेछ ।’

सरस्वतीको हो’श फर्कियो, तर मस्तिष्कमा ग’म्भीर चो’ट लागेकाले उनको बोली फर्किएको थिएन । शरीर अ’शक्त थियो । गाउँ फर्किएर गरिखान सक्ने स्थिति थिएन । त्यसमाथि फ’रार श्रीमान् गाउँ फर्किए ज्यान जो’खिममा हुन सक्थ्यो । त्यसैले उनलाई काठमाडौंका आश्रममा राख्ने तयारी भयो ।काठमाडौंस्थित हिमालयन हाउसले उनलाई स्विर्कायो । दिदी चमेली र हिमालयनकी रिमा सापकोटाले सरस्वतीलाई काठमाडौं लिएर आए । तर, आश्रममा भि’डभाड थियो । उनको हेरचाह गर्न गाह्रो भयो ।त्यसैले रिमाले आशीर्वाद वृद्धाश्रममा सम्पर्क गरिन् ।

आशीर्वादकी लीला गुरुङले सरस्वतीलाई आश्रय दिइन् । सरस्वती २८ वर्षकी मात्र । आश्रममा अरू सबै वृद्धवृद्धा थिए । तर, कु’टपिटले थि’लथिलो भएकीले सरस्वती पनि वृद्धवृद्धा जस्तै थिइन् । उनीहरूको संगत मिलेको थियो । फेरि नजिकै ग्रिनसिटी अस्पताल मा उनको उपचार पनि भइरहेको थियो ।योबीचमा उनको बोली पनि बिस्तारै फर्कदै थियो, त्यसैले उनले बाह्रबिसेदेखि कुवेतसम्मको इतिवृत्तान्त लीलालाई सुनाएकी थिइन् । ‘अब म ठीकै हुँदै छु, आफै गरिखाने हुन्छु, छोराछोरीलाई हुर्काउँछु । तर, मलाई जंगलमा फा’लेर हिंड्नेलाई जे’ल पठाएरै छाड्छु भन्ने अ’ठोट उसले मलाई पटक पटक सुनाई,’ लीलाले भनिन् ।

सरस्वती शा’रीरिक मात्र होइन, मा’नसिक रूपमा पनि ब’लियो हुँदै थिइन् ।अघिल्लो सोमबार अपराह्न करिब ५ बजे आश्रमको माथिल्लो तलामा सबैले खाजा खाए ।कसैको फोन आएको थियो, कुराकानी गर्दै उनी तल झरिन् । तर, त्यहीबीचमा बे’होस भइन् ।लीला र उनकी सहयोगी नम्रताले सरस्वतीलाई पानी छ’म्किए, चि’च्याएर बोलाए, तर अनेक गर्दा पनि उनको हो’श आएन ।लकडाउन भएकाले बाहिर यातायात ब’न्द थियो । आत्तिँदै उनीहरूले प्रहरीलाई फोन गरे । तर, पाँच मिनेटको दूरीबाट प्रहरी आइपुग्न एक घण्टा लगायो ।

प्रहरी देखेर लीलालाई केही ढा’डस मिल्यो, लौ न सर गाडीमा हालौं भन्दै उनले आ’ग्रह गरिन् । ‘तर, प्रहरीले भन्यो, ‘गाडीमा राख्न मिल्दैन ।’कतिसम्म भने प्रहरी गेटबाट भित्र छि’र्न समेत मानेन । को’रोना होइन, अ’चानक बे’होस भएकी हो, टाउकोमा चो’ट थियो, त्यसैले होला भनेर हामीले सम्झाउन खोज्यौँ । तर, प्रहरीले गाडीमा राख्न मिल्दैन, घरभित्र छिर्न पनि मिल्दैन भनेर जिद्दी गरे,’ लीलाले भनिन्, ‘गाडीमा राख्न मिल्दैन, घरभित्र छि’र्न पनि मिल्दैन भने प्रहरी किन आएको भनेर मैले सोधें, यसरी जी’वनमरणको दो’साँधमा भएको मान्छेको महत्वपूर्ण समय उनीहरूले ब’र्बाद गरिदिए ।’

लीला र उनका सहयोगीले एम्बुलेन्सलाई फोन गरे । त्यसको करिब एक घण्टापछि एम्बुलेन्स आयो । ‘अब त अस्पताल लग्न पाइने भयो भनेर हाम्रो सास आएको थियो । तर, एम्बुलेन्स चालकले पनि बि’रामीलाई छुन मानेनन् ।को’रोना हुन सक्छ, स’र्छ भनेर गाडीमा आफैँ राख्नुस् भने, हामीले पन्जा दिँदा पनि उनीहरूले छुन मानेनन्,’ लीलाले भनिन्, ‘औ’षधिको कारणले सरस्वतीको तौल निकै बढेको थियो, आश्रमका अरू सबै वृद्धवृद्धा आफै अ’शक्त छन्, त्यसैले हामीले प्रहरीसँग सहयोग माग्यौं । तर, प्रहरीले हामीले छुन मिल्दैन भन्ने ठाडो जवाफ दिए ।’

उता सरस्वतीको मु’टु चलिरहेको थियो, उनले सा’स फेरिरहेकी थिइन् । त्यसैले लीला र उनकी सहयोगीले माया मार्न सकेनन् । दुई महिलाले सकि नसकी उनलाई एम्बुलेन्समा राखे । प्रहरी र एम्बुलेन्स चालक पुरुषको स’मूह त’मासे बनिरह्यो ।अ’चेत सरस्वती लाई बोकेर एम्बुलेन्स शिक्षण अस्पतालतर्फ अघि बढ्यो भने प्रहरी टोली सोह्रखुट्टे चौकीतिर । बेलुकी ८ बजे एम्बुलेन्स शिक्षण अस्पतालको आ’कस्मिक क’क्षको मूलढोकामा रोकियो । स्ट्रेचरमा राखेर बि’रामीलाई बाहिर निकालियो । तर, भ’र्ना लिन अस्पताल तयार भएन ।त्यहीं को’लाहल भयो ।

हा’रगुहारपछि एक चिकित्सक बाहिरै आए । त्यतिन्जेलसम्म सरस्वती अ’चेत भएको तीन घण्टा भइसकेको थियो । डाक्टरले बि’रामीको घाँटी छामे । लगत्तै ’घोषणा गरे– बि’रामीको मृ’त्यु भइसकेको छ । लीला र नम्रता स्त’ब्ध भए । एम्बुलेन्सले त अघि नै बाटो तताइसकेको थियो ।यसरी एक सं’घर्षशील महिलाको जीवन सकियो, तर उनको दुःख अझै सकिएको थिएन । अ’चानक मृ’त्यु भएकाले उनको पो’स्टमार्टम गर्नुपर्ने भयो । त्यसका लागि डाक्टरले ‘रि’फर’ पनि गरिदिए । तर, श’व पो’स्टमार्टमस्थलसम्म लग्न कोही पनि तयार भएन ।

को’रोना होइन, अ’चानक अ’चेत भएकी बि’रामीको मृ’त्यु भएको हो भनेर दोहोर्‍याउँदा पनि उनीहरूले अस्पतालका कसैको पनि मन प’गाल्न सकेनन् । बाध्य भएर महिलाहरूले नै श’व लिएर पो’स्टमार्टमस्थलमा छिरे । सरस्वतीलाई ‘फ्’रिजर’मा राखेर उनीहरू आश्रम फर्किए ।राज्यकै छायामुनि विवश बन्नुपरेको पीडा सोमबार नयाँ पत्रिकालाई सुनाउँदा लीलाका आँखाबाट ब’लिन्द्रधारा आँशु झरिरहेका थिए । उनले भनिन्, ‘आफ्नै घरबाट लखेटिएर मेरो छत्रछायाँमा आश्रय लिएकी एउटी चेलीलाई मैले बचाउन सकिनँ, डेढ घण्टासम्म उसको सा’स चल्दै थियो, तर पाँच मिनेटको अस्पतालमा पनि समयमा पुर्‍याउन सकिनँ ।’

उता महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोषसिंह राठौरले घ’टना सम्बन्धमा जानकारी भएको, तर लकडाउन अ’वधिमा कसैलाई पनि नछुन माथिबाटै आ’देश आएको बताए । ‘प्रहरीले त चे’न अफ क’मान्डमा चल्ने हो, यो अ’वधिमा कसैलाई पनि नछुनु भन्ने आ’देश छ ।हामीले पनि फिल्डमा जाने प्रहरीलाई त्यही आ’देश दिएका छौँ,’ डिएसपी राठौरले भने ।हो, प्रहरीको पनि ज्यानको सु’रक्षाको सवाल छ । त्यसैले को’रोना म’हामारीको वेला कसैलाई नछुनु अन्यथा होइन । तर, यही वेला कसैको ह’त्या गरेर अ’पराधी भाग्न खोज्यो भने प्रहरी के गर्छ ?

नछुनु भनेर त’मासे बन्छ ?अथवा आक्रमणमा परेको ’घाइते छ’टपटाइरहेको छ भने नछुनु भनेर रमिता हेर्छ ? तर, जनताको सु’रक्षा गर्न र अ’पराधीलाई नियन्त्रणमा लिन नसक्ने हो भने लकडाउन अवधिभर प्रहरी कार्यालय ब’न्द किन नगर्ने ? प्रहरीको पनि स्वास्थ्य सु’रक्षा हुन सक्ने सामग्री सरकारले किन व्यवस्था गर्न नसकेको ?यो प्रश्नमा एक प्रहरी अधिकारीले भने, ‘अस्पतालका डाक्टर र नर्सले त सु’रक्षा सामग्री पाएका छैनन् भनेर तपाईंहरूले लेखिरहनु भएको छ, प्रहरीले कहाँबाट पाउनु ? बरु हाम्रोतर्फबाट पनि तपाईंहरूले आवाज उठाई दिनुहोला ।’

उनले भने जस्तै एम्बुलेन्स लिएर आएका चालकसँग पनि सु’रक्षा पोसाक थिएन । त्यसैले पनि उनी अघि बढ्न सकेनन् ।उता शिक्षण जस्तो प्रतिष्ठित अस्पताल र्पुयाएपछि पनि सरस्वतीको समयमा उपचार किन हुन सकेन ? निर्देशक प्रेम खड्गालाई हामीले सोधेका थियौँ । उनले यो विषयमा आफूलाई कसैले पनि जानकारी नदिएको बताए ।उनले भने, ‘तपाईंमार्फत मैले यो घ’टनाबारे जानकारी पाएँ । त्यस्तो नहुनुपर्ने हो । के भएको रहेछ, म अवश्य बुझ्नेछु ।’ तर, अस्पतालको आ’कस्मिक कक्षले भने सरस्वतीलाई डाक्टरले हेर्दा उनको मृ’त्यु भइसकेकाले उपचार गर्न आवश्यक नभएको जानकारी दियो ।

को’रोनाले मानवको दायित्व र राज्यको ज’वाफदेहितालाई अहिले ल’कडाउन गरिदिएको छ । जिम्मेवार पदाधिकारीहरू बैठकपछि बैठक बसे पनि अस्पतालमा बि’रामीहरू ति’रस्कृत भइरहेका छन् । स’माजले अस्पतालमाथि आ’क्रोश पोखिरहेको छ, अस्पतालले सरकारसँग गु’नासो गरिरहेका छन् ।अन्तिम दो’षी को हो भनेर छि’नोफानो होउन्जेल सरस्वती जस्ता कति नागरिकले जीवनको मूल्य चु’काउनुप र्ने हो ? त्यही सुदूरभविष्यको सा’क्षी बन्न सरस्वतीका १० वर्षीय छोरा ठूलीआमा चमेलीको घरमा आश्रय लिएका छन्, १२ वर्षीया छोरी काठमाडौंका एक घरमा घ’रेलु म’जदुरको रूपमा भाँडा माझ्दै छिन् । नयाँ पत्रिका दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *