फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै आएका तेह्र जनामा भाइरस फेला परेन

काठमाडौँ। कोरोना भाईरस (कोविड १९) को आशंकामा नमूना सङकलन गरी परीक्षणमा पठाइएका उदयपुरका १३ जनामा भाइरस फेला नपरेको बताइएको छ।फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाईन्सको विमानबाट उदयपुर आएका लिम्चुङ्गबुङ्ग गाउँपालिकाका युवासहित स्वाब परीक्षणमा पठाइएका जिल्लाका १३ जनाकै रिपोटमा भाइरस नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताएका छन् ।

परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकाबाट आठ, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट चार र बेलका नगरपालिकाबाट एकजनाको स्वाब सङ्कलन गरी पठाइएकामा ती सबैको नतिजा यस्तो आएको हो । हालसम्म उदयपुर जिल्लामा संक्रमण देखानपरेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताएका छन् । गोरखापत्र दैनिकबाट

यो पनि डिसीनेपाल समाचार प्रभाव : काठमाडौँ उपत्यकामा खानेपानी नियमित

काठमाडौं । धारामा पानी छैन, काेराेनाबाट बच्न हात के ले धुने सरकार ? काेराेनाबाट बच्न अपनाइने उपायहरूका बारेमा सचेतनाका कार्यक्रम भइरहदा सर्वसाधारणले डिसी नेपाल मार्फत सरकारलाइ प्रश्न गरेका थिए । डिसीनेपाल डटकमले उक्त प्रश्नलाइ सरकार समक्ष पु¥याउने काम गरेपछि अब काठमाडाैं उपत्यकामा खानेपानी नियमित हुने भएकाे छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ ।काठमाडौं उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्बाधरुपमा सेवा प्रवाह हुने जनाएको छ ।

अहिले सेवा प्रवाह गरिरहँदा प्रशासनिक कामका विषयमा निर्णय भइनसकेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार मिटर रिडिङ, मर्मतलगायत कामका लागि फिल्डमा पठाउने विषयमा आगामी सातासम्ममा निर्णय हुनेछ ।उनले भने, “यो साताभरमा छलफल गरेर यी विषय आगामी सातासम्ममा निर्णय हुनेछ ।” लिमिटेडले सुख्खा मौसममा अहिले दैनिक नौ करोड लिटर पानी काठमाडौँ उपत्यकामा वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *