अमेरिकामा एकै दिन १९ सय भन्दा बढीले निधन, संक्रमितको संख्या चार लाख नाघेपछि भयावह स्थिती उत्पन्न हुन् थाल्यो !

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्या-न गुमाएका छन्। गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि भइसकेको छ। तीमध्ये ३ लाख १९८ निको भएका छन्।

अमेरिकामा थप २९ हजार ४१२ संक्रमित भेटिएका छन्। त्यस्तै १ हजार ९४२ को थप ज्या-न गएको छ। यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ।

अमेरिकामा कोरोना भाइरसले भयावह स्थिती उत्पन्न हुन थालेको छ। संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्या-न गएको हो । जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकै दिन १ हजार ९ सय ५२ जानको निधन भएको हो। त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यो अमेरिकामा अहिले सम्मकै उच्च निधन दर हो।

इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृ-त्युदर घटेको छ। स्पेनमा थप ५ हजार २६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन्। त्यस्तै स्पेनमा गत २४ घण्टाभित्र ७०४ जनाले ज्या-न गु-माएका छन्। सोही अवधिमा इटालीमा ६०४ को निधन भएको छ। यससँगै इटालीमा ज्या-न गु-माउनेका संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ।

त्यस्तै कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा “हरियो” कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्। लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुन: सञ्चालनमा आएका छन्।

मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण निधन हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो। कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *