हाइड्रोक्सिक्लोरोक्विनः अमेरिकालाई आवश्यक, भारतमा बन्छ तर चीनले नचाहे अमेरिकाले पाउँदैन

काठमाडौं। अमेरिकाले अन्ततः भारतलाई औ,लो,को औ,ष,धी ‘हाइड्रोक्सिक्लोरोक्विन’को निर्यात गर्नको लागि राजी गराएको छ । अर्कोतर्फ यही बीचमा अमेरिका र चीनबीच द्व,,न्द्व बढिरहेको छ । यी दुई फरक–फरक घ,ट,ना,क्र,म,का बीचमा हाइडेक्सिक्लोरोक्विन निर्यातको साँचो समेत चीनकै हातमा पुगेपछि यी तीन देशबीच शक्ति संघर्षको रोचक समीकरण देखिएको छ किनकि अमेरिकाले भारतमा बन्ने औषधी चाहेको छ तर यसको लागि अमेरिका चीनमै निर्भर हुनुपर्नेछ ।

भारत हाइड्रोक्सिक्लोरोक्विनको सबैभन्दा ठूलो उत्पादक हो । यो औ,ष,धी,को विश्वभर हुने कूल निर्यातको ७० प्रतिशत हिस्सा भारतले ओगटेको छ । भारतले मंगलबार यो औषधी अमेरिकामा निर्यात गर्न अनुमति दिएको छ । भारतमा हरेक महिना ४० टन अर्थात २०० मिलिग्रामका २ करोड ट्याब्लेट यो औषधी उत्पादन हुन्छ । तर, यो उत्पादनमा चीनको ठूलो हिस्सेदारी छ र यदि चीनले नचाहने हो भने अमेरिकाले यो औ,ष,धी पाउन निकै मुस्किल हुनेछ ।

चीनले अहिले आफ्नो देशमा कोरोनाभाइरस धेरै हदसम्म नियन्त्रण भइसकेको भनेको छ । अमेरिकाको एक वर्ग भने यो भाइरसको सं,क्र,म,ण फै,लि,नु,मा चीनको हात रहेको आ,रो,,प लगाइरहेको छ । उता चीनले पनि अमेरिकाले चीन सागरमा आफ्नो सीमामा अमेरिकी विमानले अ,ति,क्र,म,ण गरेको आरोप लगाइरहेको छ । चीन र अमेरिकाबीच विवाद बढिरहेका बेला अहिले अमेरिकालाई आवश्यक हाइड्रोक्सिक्लोरोक्विन पाउन उसले चीनको भर पर्नुपर्ने स्थितिले शक्ति राष्ट्रको शक्ति सन्तुलन रोचक मोडमा पुगेको छ ।

यो औषधी मूल रुपले औलो अर्थात मलेरियाको उपचारमा प्रयोग हुन्छ । यसबाहेक रुमटोइड अर्थराइटिस (जोर्नीमा गाँठो हुने एक प्रकारको रोग) र ल्युपस (एक किसिमको छाला सम्बन्धी रोग)मा यो औषधीको प्रयोग हुन्छ । अमेरिकामा मलेरिया रोग छैन त्यसैले त्यहाँ यो औ,ष,धी पनि आवश्यक नपर्ने भएकोले उत्पादन हुँदैन । यसै पनि भारत विश्वमै धेरै औषधी उत्पादन गर्ने देशहरुमध्ये पर्छ र अमेरिकामा भारतबाट ठूलो परिमाणमा औ,ष,धी निर्यात हुन्छ ।

मलेरियाको सबैभन्दा पुरानो औषधी क्लोरोक्विन हो । तर, यसमा केही सुधार गरेर यसको परिमार्जित संस्करणको रुपमा  हाइड्रोक्सिक्लोरोक्विनको विकास गरिएको हो । यो परिमार्जित औषधीको साइड इफेक्ट कम हुन्छ । अहिले यो औषधीमा हुने एन्टिभाइरल गुणलाई मध्यनजर गर्दै यसको प्रयोग कोरोनाभाइरसको उपचारमा पनि गर्न थालियो र यसको प्रभावकारी असर पनि देखियो । त्यसैले अमेरिकामा यसको माग निकै बढेको छ किनकि विश्वमै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित अमेरिकामै छन् ।

यो औषधी भारतमा उत्पादन त हुन्छ तर यसको लागि आवश्यक कच्चा पदार्थहरु भारतले चीनबाट आयात गर्छ । यी कच्चा पदार्थलाई एक्टिभ फर्मास्युटिकल इन्ग्रिडिएन्ट (एपीआइ) भनिन्छ । भारतका औषधी उत्पादक कम्पनीहरुले यो औषधी बनाउन प्रयोग हुने एपीआइ चीनबाट आयात गर्छन् । भारतमा यो औषधी उत्पादनमा प्रयोग हुने कूल एपीआइको ७० प्रतिशत चीनबाट आउँछ । चीनमा कोरोनाभाइरसको महामारीका बेला यो एपीआइको आयात अवरुद्ध भएको थियो यद्यपि यो अहिले फेरि सुरु भइसकेको छ ।

अहिले यो औषधी भारतमा उत्पादन हुने भए पनि यसको उत्पादन चीनमा निर्भर छ । चीनबाट कच्चा पदार्थ आएमा मात्र भारतीय कम्पनीहरु यो औषधी उत्पादन गर्न सक्नेछन् । त्यसपछि मात्र अमेरिका निर्यात गर्न सकिनेछ । अमेरिकासँग जारी विवादका कारण चीनले भारतमा कच्चा पदार्थ निर्यात गर्ने क्रममा अमेरिका निर्यात नगर्ने शर्त राख्न सक्ने वा उसले कच्चा पदार्थको परिमाणमै कटौती गर्न सक्ने समेत सम्भावना रहन्छ । यद्यपि अहिलेसम्म त्यस्तो भइसकेको भने छैन । अहिलेसम्म भने यो औषधीको कच्चा पदार्थ निर्बाध रुपमा भारत आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *