कोरोना यमराजको कान्छो छोरो, भीआइपी र स्वाभिमानी भाइरस [भिडियोसहित]

–राजन ढुङ्गेल । विभिन्न विनाशकारी मि साईलहरु बनाएका बैज्ञानिकहरुले कोरोनाको औषधि बनाएका छैनन् । यसैबीच औषधि र सिरीन्ज बिना नै हुर्केका नेपाली सहनशील र धैर्यवान छन् । यो नेपाली शिर उचाली कोरोनाको सामना गर्दछ । नेपालीहरु हरेक भाइरससँग जुध्नको लागि अभ्यस्त छन् । जस्तै ः कालोबजारी भाइरस, भ्रष्टाचार भाइरस, शोषण र बिभेदरुपी भाइरस आदि । भगवान विष्णु हिरण्य कश्यपलाई मा र्न खोज्दा, उ हासेको थियो रे ।

किन हासेको भन्ने स्पष्ट कारण कतै नभेटिए पनि विष्णुको छोराको नाममा बालुवाटारको जग्गा दर्ता भएर हुन सक्छ । नेपालको राजनीतिमा रहेको भाइरस कोरोना जसरी नै फैलिएको छ । यो घरपालुवा भाइरस हो । यहाँ दर्दनाक र कारुणिक अबस्थामा पनि नाफा घाटा हिसाब हुन्छ । शमशा नमा बस्नेले मु र्दाको प्रतीक्षा गर्छ भनेजस्तै स्वास्थ्य सामग्री खरीद रुपी भाइरस पनि नेपालीहरुले भोगे । अन्तमा कोरोनाको औषधि घरमै बस्नु हो र अर्को औषधि कोरोनाको आर.एन.ए मा र्न हाम्रो डि.एन.ए. नै परिवर्तन गर्नु पर्छ जस भित्र नकारात्मकता छ विरोधको रोइलो छ र समर्थनको अन्धो भक्ती छ । काँडो चोर बाख्राको मुखमा फुङ्लो लगाए पनी छिर्छ भनेजस्तै बेइमानी नबनौँ ईमानदार बनौँ कोरोना भगाऔँ । –राजन ढुङ्गेल (दोलखा)तल गज्जबको भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *