कोरोना अपडेट उपत्यका बाहिर जान दिने सरकारको निर्णयको सत्तारुढ दलकै मुख्यमन्त्रीद्वारा वि,रो,ध

काठमाडौं- प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णयको विरोध गरेका छन्।काठमाडौं उपत्यकामा बसोबास गर्ने सार्वसाधरणलाई आ–आफ्नो जिल्ला जान दिने निर्णयको उनले विरोध गरेका हुन्। उक्त निर्णयको विरोध गर्दै व्यङ्गात्मक रुपमा फेसबुकमा लेखे, ‘काठमाडौंबाट बाहिर जान दिन तर बाहिरबाट काठमाडौं प्रवेश गर्न नदिने निर्णय सत्य होइन होला।’

उनले मनलाग्दी निर्णय भएकोतर्फ संकेत गरेका छन्। लकडाउनको अर्थ लकडाउन नै भएकाले उक्त निर्णय सही नरहेको जनाएका छन्।उपत्यकामा बसोबास गर्ने गरिब विपन्न ज्यालामजदुरी गर्ने व्यक्तिलाई बस्न कठिन भएपछि आ आफ्नो गृहजिल्ला जान दिने निर्णय गरेको समितिल जनाएको थियो। तर उनले वेखर्चीलाई खर्च दिएर भएपनि लकडाउन कायम राख्न सुझाएका छन्।

काठमाण्डौवाट वाहिर जानदिने र वाहिरवाट काठमाण्डौ जान नदिनेकुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउननै हो। वरु वेखर्चीलाई राहत देउ।

Posted by Shankar Pokhrel on 2020 m. balandžio 9 d., ketvirtadienis

प्रदेश ५मा जो जहाँ छौ त्यही वसौ, समस्याभए वडा कार्यालयमा सम्पर्क गरौ।३ गतेपछि सिमित मात्रामा ठाउहेरी आउजाउ खोल्न सकिन्छ।धैर्य गरौ।

Posted by Shankar Pokhrel on 2020 m. balandžio 9 d., ketvirtadienis

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *