आजको राशिफल : वि।सं।२०७६ साल चैत्र २८ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल १० तारिख

वि।सं।२०७६ साल चैत्र २८ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– तृतीया,५० घडी ५७ पला,रातको ०२ बजेर ०९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– विशाखा,५१ घडी ५२ पला,रातको ०२ बजेर २३ मिनेट उप्रान्त अनुराधा । योग– बज्र,०९ घडी ३४ पला,बिहान ०९ बजेर ३६ मिनेट उप्रान्त सिद्धि । करण वणिज,दिउसो ०३ बजेर ०९ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ०९ मिनेट उप्रान्त बव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–तुला,बेलुकी ०८ बजेर २० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ३७ पला ।

मेष : चू,चे,चो,ला,लि,लू,ले,लो,अ०

आफन्त तथा जीवनसाथी सँग असमज्दारि बढ्नाले केहि महत्वपुर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । अन्य काममा व्यास्य हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारि व्यापार व्यावसायमा घाटा लाग्नेछ । माया प्रेममा आत्मियताको कमि हुँने तथा मनमुटाव बढ्नेछ । सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।

बृष : ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो०

बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउँनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुसि रहनेछ । सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।

मिथुन : का,की,कू,घ,ङ,छ,के,को,हा०

पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुँने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउँने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।

कर्कट : ही,हू,हे,हो,डा,डी,डु,डे,डो०

आफन्त,साथिभाई तथा आमासँग मनमुटाब सिर्जना हुनेछ । व्यापार वा खरिद बिक्रिमा घाटा लाग्नेछ । अरुको भर पर्दा समयमा आफ्नो काम थाति रहन सक्छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानि गर्न पर्ख र हेरको रणनिति अपनाउँनु होला । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

सिहं : मा,मी,मू,मे,मो,टा,टी,टू,टे०

दाजुभाई तथा छिमेकिबाट तपाईले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।

कन्या : टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०

घर परिवार तथा जीवनसाथिको सहयोगले मन प्रफल्लित हुँनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ । तरपनि सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।

तुला : रा,री,रु,रे,रो,ता,ती,तू,ते०

तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तरपनि सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।

बृश्चिक : तो,ना,नी,नू,ने,नो,या,यी,यू०

स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा घाटा लाग्नेछ । समयमा काम नबन्ने तथा शरिरका आलश्यता तथा अल्छिपना बढेर जानेछ । प्रेममा धोका हुँन सक्छ भने जीवन साथीसँग मनमुटाव बढ्नेछ ।

धनु : ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०

पैत्रिक सम्पतिको परिचालन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लाग्ने हुँदा अध्ययनमा मन जानेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा मन प्रफुल्लित हुँनेछ । व्यापारमा घाटा लाग्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

मकर : भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०

सत्रु परास्त हुनेछन् । अध्ययन तथा अध्यापनमा दुई कदम अगाडि बडि अरुलाई किनारा लगाउँन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुँनेछ । राजनिति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ : गू,गे,गो,सा,सी,सू,से,सो,दा०

तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । पे्रम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

मीन : दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०

व्यापार व्यावसायमा घाटा लाग्नेछ । घर परिवारमा आफन्त तथा चेलि माईति बिच मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । नयाँ योजना कुनै बनाउँनु भएको भए तत्काल सार्वजनिक नगर्नुनै बेश हुँनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *