अमेरिकामा कोरोना भाइरसले मृ,,त्यु भएकाहरुको शव व्य,वस्थापन गर्न चु,नौ,ती

एजेन्सी, २८ चैत । कोरोना भाइरसले भयावह स्थिती सृजना गरेको अमेरिकामा शव व्यवस्थापन गर्न कठिनाइ भएको छ । दैनिक सरदर २ हजारको ज्यान लिँदै गरेको अमेरिकामा भाइरसको रोकथाम र नियन्त्रणसँगै शव व्यवस्थापन पनि चुनौती बन्न पुगेको छ ।

अधिकारीहरुका अनुसार शवगृहमा अत्याधिक धेरै संख्यामा शव आउने गरेको छ । त्यसमा शव गृहले भार धान्न नसकिरहेको अवस्स्था छ । उता सामाजिक दूरीसँग जुधिरहेको परिवारले आफ्ना सदस्यको अन्त्येष्टि गर्ने कुनै सम्भव देख्दैनन् । अमेरिकाका सबैजसो अस्पताल, स्वास्थ्य प्रणाली, कोरोनरको कार्यालय, सबैतिरबाट शवको लाइन मात्रै आउने गरेको मेड अलायन्सले बताएको छ ।अब कोरोना भाइरसले मृत्यु भएकाहरुको शव कसरी व्यावस्थापन गर्ने भनेर सबै अस्पताल र निजी मेडिकल समूहको चिन्ता बढेको छ ।

उनीहरुले स्टोरेज सुरक्षित गर्न पनि माग गरिरहेका छन्। कतिपयले भने शवलाई षड्न नदिन प्लाष्टिकमा पोको पारेर चर्चको गोदाममा राख्ने गरेका छन् ।यही अवस्था रहे कोरोना भाइरसको महामारीका कारण अमेरिकामा दुई लाख चालिस हजारको ज्यान जानसक्ने अमेरिकाका स्वास्थ्यविदले अनुमान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *