यो वर्ष घरमै ‘दीप प्रज्वलन गरेर नयाँ वर्ष मनाउन आह्वान

काठमाडौं : राष्ट्रिय सरोकार मञ्चले नयाँ बर्ष बैशाख १ गतेलाई नयाँ तरिकाले मनाउन आह्वान गरेको छ । संसार नै कोरोना संक्रमणको असरमा रहेकाले यो वर्ष घरमै नेपाली मौलिक संस्कृति अनुसार पुजापाठ र दीप प्रज्वलन गर्न मञ्चले आब्हान गरेको हो ।मञ्चका अध्यक्ष सोमबिक्रम सिंहले एक अपिल सार्वजनिक गर्दै नयाँ वर्षको दिन बैशाख १ गते चार बजेर ५१ मिनेटदेखि ६ बजेर २७ मिनेटसम्म दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।त्यस्तै मञ्चले घरघरमा भएको घण्टी, डमरू, ढ्याङ्ग्रो बजाउँदै र शंख फुक्दै नववर्षलाई स्वागत गर्न पनि आह्वान गरेको छ ।

भ्रष्टाचार तथा अनियमितताका साथै रोग व्याधा निर्मुल होस् भन्ने कामना सहित नयाँ तरिकाले नयाँ वर्ष मनाउन मञ्चले आग्रह गरेको हो ।विश्व म’हामारी को’रोना भाइरस (को’भिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गु’माउनेको संख्या ९५ हजार ५०६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ।निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्। यसै गरी अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ।

यससँगै त्यहाँ को’रोनाबाट ज्यान गु’माउनेको संख्या १६ हजार ४७८ पुगेको छ। त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन्। पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गु’माएका छन्। यससँगै ज्यान गु’माउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ। स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ।यस सँगै स्पेनमा ज्यान गु’माउनेको संख्या १५ हजार ४४७ पुगेको छ।

यता इटालीमा भने लगातार संक्रमण न्यून हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ। यससँगै १ लाख ४३ हजार ६२६ मा संक्रमण भइसकेको छ। त्यस्तै इटालीमा थप ६१० जनाको मृ’त्यु भएसँगै मृ’तक संख्या १८ हजार २७९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *