लकडाउनका कारण दुःखमा परेका १ लाख मजदुरलाइ १ महिनाको खानपिनको व्यवस्था गरिदिने भए अभिनेता अमिताभ बच्चनले

मुम्बई – कोरोना भाइरसका कारण भारतमा ‘लकडाउन’ गरिएको छ । जसका कारण मिडल क्लास र अपर मिडल क्लास परिवार घरबाटै आफ्नो प्रोफेसनल काम गर्ने कोशिश गरिरहेका छन् । तर, ज्याला मजदूरी गरेर परिवार पाल्ने मजदूरहरुलाई ‘लकडाउन’ ले ठूलो समस्या उत्पन्न भएको छ । उनीहरुलाई यो सं’कटको घडीमा थुप्रै बलिउड स्टारहरुले सहयोग गरिहेका छन् ।

बलिउडका मेगास्टार अमिताभ बच्चनले फिल्म क्षेत्रमा जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने भएका छन् । उनले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध दिने बताएका हुन् ।

सोनी पिक्चर्सले यसबारेमा ट्वीट गर्दैै जानकारी दिएको छ । अमिताभले देशभरका एक लाख घरमा महिनाभरको रासन पुर्‍याउनेछन् । अमिताभले सोनी टिभीमा ‘कौन बनेगा करोडपछि’ रियालिटी शो को होस्ट गर्दै आएका छन् । यता सामाजिक सञ्जालमा भने अमिताभ बच्चन ट्रोल हुँदै आएका थिए । किनकि, अन्य कलाकारले सहयोगको हात फैलाउँदा पनि अमिताभले केही बोलेका थिएनन् ।

त्यस्तै केही दिनअघि अभिनेता अक्षय कुमारले कोरोनाको विरुद्ध ल’ड्न’का लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा स्थापना गरिएको राहत कोषमा २५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका थिए । त्यस्तै, यो भाइरसविरुद्ध ल’ड्न प्रधानमन्त्री राहत कोषमा कार्तिक आर्यनले पनि १ करोड दिने घोषणा गरेका छन् । अन्य बलिउड सेलिब्रेटीहरुले पनि सहयोग गरिरहेका छन् ।

अभिनेता सलमान खानले मजदूरलाई आर्थिक सहयोग गरेका छन् । उनले मजदूरको खातामा ३–३ हजार रकम सहयोग गरेका हुन् । सलमानले पनि २३ हजार मजदुरको खातामा सहयोग गरेको बताइएको छ । कोरोना भाइरसविरुद्ध ल’ड्न बलिउडका कयौ कलाकारले सहयोग गर्दै आएका छन् । भने अभिनेता शाहरुख खानले पनि क्‍वारेन्टाइन बनाउन आफ्नो कार्यालय दिएको भारतिय मिडियाले जनाएको छ ।

उनले क्‍वारेन्टाइन बनाउन कार्यालय मात्र नभई। ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने र दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने भएकाछन् । उनले पैसा मात्र नभई खानले २५ हजार कर्मचारीहरुलाई सहयोग गर्ने भारतिय मिडियाले जनाएको छ । उनले मजदुरको दैनिकी चलाउन आवश्यक सबै रकम बेहोर्ने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *