आज आकाशमा विमान आगो लागिरहेका बेलाको दुर्लभ तस्विर

काठमाडौं । पाकिस्तानमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै १०७ जनाले नै ज्यान गुमाएका छन् । पाकिस्तानको कराचीमा एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको थियो । उक्त विमान दुर्घटनाको क्षणको तस्विर बाहिर आएको छ । यो दुर्लभ संयोग हो । विमान दुर्घटना हुँदै गर्दा आकाशमा नै तस्विर खिचिएको बिरलै छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको थियो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । ए–३२० मोडेलको सो विमानमा ९९ जना सवार रहेको बताइएको छ । सो विमान दुर्घटनामा परेपछि त्यस क्षेत्रमा धुँवाको मुस्लो देखिएको छ । दुर्घटनास्थल मानवबस्तीनजिकै भएको थियो ।

अहिले बाहिर आएको जानकारी अनुसार ५ वर्षीय बालकसहित १३ जनाको लाश फेला परेको छ । अहिले फेला परेका लाशमा वरिष्ठ पत्रकार अन्सारी नकवी पनि छन् । बैंक अफ पञ्जाबका अध्यक्ष जफर मसूद पनि विमानमा सवार थिए, भनिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनामा शोक व्यक्त गर्दै राहत र उद्धारमा जोड दिन भन्नु भएको छ । जहाज अवतरण हुनुभन्दा झण्डै एक मिनेट पहिले दुर्घटनाग्रस्त भएको हो ।

यस विमानमा ५१ पुरुष, ३१ महिला र ९ बालबालिका सवार भएको बताइएको छ । दैनिक भास्करका अनुसार ८ जना चालक दलका सदस्यहरु थिए । पाइलटको नाम सज्जाद गुल बताइएको छ । उनले विमानलाई कम वस्ती भएको क्षेत्रमा लैजान प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *