आइतबार सार्वजनिक बि,दा

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईदुल फित्र)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बि,दा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो पनि भक्तपुरमा थप एक महिलामा देखियो कोरोना संक्रमण

काठमाडौं- भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ। भक्तपुरकी ४२ वर्षीय महिलामा करोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौंमा गरिएको परीक्षणअनुसार उनमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। योसँगै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भई कूल कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ।उपत्यकाभित्र अहिलेसम्म काठमाडौंका १०‚ भक्तपुरका ४ र ललितपुरका १ गरी कूल १५ जनामा कोरोना संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *