बाँकेमा आज बाट बार अनुसार पसल खोलिने, बार अनुसार पसल खोलिने बाँके पहिलो जिल्ला! (बिज्ञप्ति सहित)

नेपालगञ्ज । बाँकेमा बार अनुसार पसलहरु खुल्ने भएका छन् । बाँकेमा बुधवार बसेको सर्वदलीय बैंठकको सुझावका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले बार अनुसार पसलहरु खुल्न दिने निर्णय भएसँगै आजबाट बार अनुसार पसलहरु खोलिने भएको हो ।

सर्बपक्षीय बैठकले व्यवसाय मारमा परेको हुनाले लकडाउनलाई मध्यनजर गर्दै बार अनुसार सम्पूर्ण खालको पसल सञ्चालन गर्ने व्यवस्था गरिएको हो । प्रशासनले जारी गरेको विज्ञप्ती अनुसार आइतबार र बुधबारका दिन मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, भाडा पसल खोल्न पाइने छ ।

त्यस्तै, सोमवार र विहीवार कपडा–फेन्सी पसल, जुत्ता पसल, कस्मेटिक, चश्मा तथा गरगहनाका पसल खोल्न पाइनेछ, भने मंगलवार र शुक्रवार अटोमोवाइल्स, कोल्ड स्टोर, जत्ता, मोटरसाइकल तथा अन्य पसलहरु सञ्चालन गर्न पाउने निर्णय गरिएको हो ।

साथै औषधि पसल, दैनिक उपमोग्य सामग्री निर्माण सामग्री, मलखाद तथा विउविजन विक्री गर्ने पसलहरु भने हरेक दिन सञ्चालन गर्न पाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यलयले केही दिन अगाडि जारी गरेको सूचनाका अनुसार दैनिक ११ बजेदेखि ३ बजेसम्म मात्र पसल तथा व्यवसाय सञ्चालनमा थिए । बिज्ञप्ति यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *