नेपालमा कोरोना महामारी बढ्दै गएपछि डब्ल्यूएचओले दियो नयाँ निर्देशन

काठमाडौँ । चीनको वुहानबाट विश्वभर म,हा,मा,रीका रुपमा फै,ली,रहेको कोरोना भाइरस कोभिड-१९ को महामारी नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले फेरी नयाँ निर्देशन जारी गरेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन भनेको छ ।

सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सल्लाह दिएको छ । यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन् ।

डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यतिबेला डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो । डब्ल्यूएचओको परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने उल्लेख छ । तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ ।

त्यस्तै विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिए । यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिए । “सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले भने ।

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा डा दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप(औषधि) निर्माण गर्नुभएको जिकिर गरे ।

डब्लुएचओले शुक्रबार लकडाउन खोल्न सुरू गरिएका केही मुलुकमा कोरोना संक्रमित पुनः बढ्न थालेको जनाएको छ। संक्रमण बढ्न थालेकाले उसले मानिसहरूलाई आफ्नो सुरक्षामा आफै ध्यान दिन भनेको छ। यसैगरी डब्लुएचओले सरकारहरूले कोरोना परीक्षण जारी राख्नुपर्ने पनि बताएको छ।

संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले हाल मध्य, दक्षिण र उत्तर अमेरिका भाइरसको केन्द्रबिन्दु भएको बताएकी छन्। हो, हामीले विश्वका केही मुलुकमा कोरोना बढिरहेको पाएका छौं। म युरोपको बारेमा मात्र भनिरहेको छैन। जब लकडाउन र सामाजिक दुरी खुकुलो हुन्छ तब मानिसहरूले यसलाई यो सकियो भनेर व्याख्या गर्नेछन्’,जेनेभाको संयूक्त राष्ट्रसंघलाई व्रिफिङ गर्दै उनले भनिन्।

‘यो सकिएको छैन। संसारबाट भाइरस निर्मूल नभएसम्म यो सकिएको ठान्नु हुँदैन’, उनले थपिन्। उनले अमेरिकामा १० दिन देखि जर्ज फ्लोइडको हत्याको विरोधमा जारी प्रदर्शनलाई संकेत गर्दै प्रदर्शनकारीले सावधानी अपनाउनुपर्ने बताएकी छन्।

‘हामीले यो साता धेरै धैर्यता देख्यौं, हामीले मानिसहरूमा बाहिर निस्कनुपर्छ र आफ्नो भावना व्यक्त गर्नुपर्छ भन्ने देख्यौं’, उनले भनिन्, ‘हामी उनीहरूलाई आफू र अरूलाई जोगाउनुपर्छ भन्न चाहन्छौं।’ संक्रमण हुनबाट जोगिन डब्लुएचओले एक मिटरको दुरी कायम गर्न र पटकपटक हात धुन तथा हातले मुख, नाक र आँखा छुनबाट जोगिनुपर्ने सुझाव दिएको छ।

यस्तै ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । शनिवार विहान साढे ५ बजेसम्म ३३ लाख १२ हजार ९१४ जना मानिस उपचारपछि निको भएका छन्

पछिल्लो २४ घण्टामा मात्रै ७१ हजार २६१ जना निको भएर घर फर्किएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६८ लाख २६ हजार ३४९ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ६५५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार ११७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ४१५ पुगेको छ । ३१ लाख १६ हजार २० जनाको उपचार भइरहेकोमा ५३ हजार ५०२ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ७७ हजार ९५९ जनाको मृत्यु भएको छ । २० लाख ६२ हजार १६१ जना संक्रमित भएकोमा १० लाख ५५ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ११ हजार ५३२ पुगेको छ । त्यसमध्ये ८ लाख ७६ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ६७५ जनाको मृत्यु भएको छ । १२ लाख ९२ हजार १२३ जना संक्रमित भएकोमा ७ लाख ८४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ४३७ जनाको मृत्यु भएको छ । १० लाख ७१ हजार ६८२ जना संक्रमित भएकोमा ५ लाख ७ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ९४२ जनाको ज्यान गएको छ भने १ लाख ७९ हजार ३०९ जना संक्रमित छन् । संक्रमितमध्ये ८० हजार ३२२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६१ जना संक्रमित भएकोमा ८ हजार २६८ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *