प्रमोसन भएपछि खुसी भएका गुरुङ्ग दशैँमा छुट्टीमा आउँछु भनेर डिउटीमा निस्केका थिए !

काठमाडौं । गोर्खा सैनिकमा भर्ती भएका नेपालीहरुले भारतको सिमा रक्षा गर्दा अहिले सम्म थुप्रैको ज्या’न ग’एको छ । भारतले सिमा वि’वाद भएका स्थानमा गोर्खा सैनिकलाई पठाउने गरेको छ । सिमानामा भारतको भूमी रक्षा गर्दा ज्या’न गु’माएका नेपालीहरुमा सम्बुर गुरूङको पनि नाम थपिएको छ । उनी गुल्मीका हुनुहुन्छ ।

पाकिस्तानको सीमा क्षेत्र जम्मु कस्मिरमा ३, ८ जिआरमा कार्यरत सम्बुरको सिमानामै ज्या’न ग’ए,को छ । कस्मिरमा उनको नि,ध,न,को खबरले गुल्मीमा शो’क छाएको छ ।

उक्त घ,ट,ना,मा घा’इ,ते भएका गुरुङको अस्पताल पु¥याउनुअघि नै नि,ध,न भएको बताइएको छ । भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गर्नुभएको छ । ‘उँहाको कतर्व्य पालनाका क्रममा गरेको उच्च ब’लिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।

भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरूङले दिनहुँ घरमा फोन गर्नुहुन्थ्यो । उँहाको श्रीमती बालमाया गुरूङ भने काठमाडौं बस्दै आउनुभएको छ । दिनहुँ जसो श्रीमानसंग उहाको कुरा हुनथ्यो । विहिवार पनि उँहाको श्रीमानसंग कुरा भयो । तर त्यतीबेला श्रीमानले आफु डिउटीमा जान लागेको कुरा सुनाउनु भएको थिएन । तर शुक्रबार बिहानै अचानक भएको यहि घ’टनामा उहाँको ज्या’न ग’यो ।

सम्बुरको छोरी इलाले बुवासंग बुधवार बिहान कुरा गरेका बताउनुभयो । शुक्रबार बिहान इला सुतिरहेकै बेलामा फोन आयो । आमा ए’क्कासी रुन थालेपछि इलाले थाहा पाउनुभयो बुवा यो संसारमा हुनुहुन्न । उँहालाइ फोनमा कसैले भन्यो तिम्रो बुबा सहिद हुनुभयो।’ भारतीय सेनामा सम्बुर भर्ती भएको १८ वर्ष पुगेको उहाका आफन्तले जनाएका छन्। आफन्तका अनुसार उहा गत माघमा घर छुट्टी आएर फर्किएर सम्बुर मिल्यो भने दशैं मान्न घर आउने योजनामा हुनुहुन्थ्यो।

आरुघाट गाउँपालिका–१, मान्वुस्थित माझगाउँका सम्बरले गत कात्तिकमा घर आएका बेला हवल्दार भइसकेकाले अब केही वर्षमा रिटायर्ड ‘लाइफ’ बिताउने कुरा आफन्त र छिमेकीलाई सुनाउनुभएको थियो । जागिरको अ,व,धि पनि धेरै वर्ष थिएन, यस्तो खबर सुन्नुपर्‍यो । १८–१९ वर्ष त भइसक्यो । अब धेरै वर्ष जागिरको अवधि थिएन ।’ प्रमोसन भएपछि खुसी हुनुनुन्थ्यो उँहा । भारतीय सेनामा कार्यरत गोरखाका सम्बर गुरुङ छुट्टी मिलाएर गाउँ आइरहनु हुन्थ्यो । परिवार र छिमेकीसँग रमाउनुहुन्थ्यो । तर तिनै छिमेकी र आफन्तले शुक्रबार बिहानै दु:खद खबर सुन्नुपर्‍यो ।

भारतको छिमेकी मुलुक कसैसंग पनि राम्रो सम्बन्ध छैन । सिमानाका विषयमा भारतको सबै छिमेकी मुलुकसंग राम्रो छैन । केही दिन अघि चीनसंगको घ,ट,ना,मा भारतीय सेनाका कर्णेल सहित २० जनाको नि,ध,न भएको थियो । नेपालसंग पनि पछिल्लो समय सिमानाकै कारणले सम्बन्ध विग्रिएको छ ।

यो पनि : “गाडी ग्यारेजमा थन्किए, बैंकको किस्ता कसरी तिरौँ ?”

रोजगारीका लागि भारत गएका पर्वत ठूलीपोखरीका गोपी लामिछानेले सवारी चालकका रुपमा २५ वर्ष त्यहीँ बिताउनुभयो । करिब डेढ दशकअघि स्वदेश फर्कंदा एक लाख भारतीय रुपैयाँ लिएर आएका उहाँले यहीँ केही गर्छु भन्ने सोँचले भाडामा चलाउने गाडी किन्नुभयो । विसं २०५९ मा ऋ,ण,ध,न गरेर रु नौ लाखमा एक सञ्चालनमै रहेको (से,के,ण्ड ह्या,ण्ड) बस किन्नुभयो । मेहनतमा विश्वास गर्ने उहाँले आफँै गाडी चलाएर यातायात क्षेत्रमा अघि बढ्दै जानुभयो र अहिलेसम्म आइपुग्दा उहाँको परिचय यातायात मजदूरबाट बदलिएर यातायात मालिक बनेको छ ।

हाल पृथ्वीराजमार्गअन्तर्गत चल्ने उहाँका पाँच वटा जीप छन् । एक हदसम्म सफल व्यवसायीको स्तरमा पुगेका उहाँको मनमा यतिबेला भने ठूलै परिलो छ । कोभिड–१९ का कारण चार महिनादेखि सवारीसाधन ग्यारेजमा थन्किएका छन्, कमाइ छैन । बैंकबाट सत्तरी प्रतिशत कर्जा लिएर खरिद गरेका गाडी थन्काएर बस्नुपर्दा रातभर निद्रा पर्दैन । बैंकले मीठो बोलीमा भाषा घुमाएर किस्ता तिर्न ताकेता गरिरहेको छ तर उम्किने उपाय उहाँले अझै केही भेट्नुभएको छैन । “केही गरौँ भनेर ऋणमा गाडी किनियो, जसोतसो मासिक रु साढे दुई लाख किस्ता बुझाउँदै घरपरिवार पाल्दै आएको थिएँ, अहिले त ठप्पै भयो । एकातिर बैंकले किस्ता तिर्न सम्झाइरहन्छ अर्कातर्फ परिवार पाल्नै पनि कठिन हुने अवस्था आइसक्यो ।” लामिछाने बन्दाबन्दीको समयमा बैंक वित्तिय संस्थालाई तिर्नुपर्ने किस्ताको समय थप्न र ब्याज सहुलियतका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

दुई दशकअघिदेखि यातायात क्षेत्रमा प्रवेश गर्नुभएका स्याङ्जा भाटखोलाका यातायात व्यवसायी रामचन्द्र शर्मा लामिछानेको पीडा पनि उस्तै छ । विसं २०५४ मा रु तीन लाख नगद र अन्य ऋण गरेर गाडी किनेर नारायणघाट पोखरा रुटमा चलाउँदै आउनुभएका लामिछानेका अहिले छ वटा ठूलो र सानो गाडी छन् । तर अहिले सिर्जित समस्याले उहाँलाई पनि निद्रा परेको छैन । लामिछाने भन्नुहुन्छ, “यातायात क्षेत्र निकै संवेदनशील हो, बन्द हड्ताल, आन्दोलन सबैको प्रभाव यस क्षेत्रमा निरन्तर परिरहन्छ, यातायात व्यवसायीका समस्या धेरै छन्, विभिन्न अप्ठ्यारोसँग जुध्दै सङ्घर्ष गरिरहेको अवस्थामा अहिले झन् कोभिड १९ ले गर्दा धेरै समस्या पा¥यो ।”

लामिछाने अहिले पोखरा–८ रत्नचोकमा छ जनाको परिवारसहित बस्दै आउनुभएको छ । मासिक रु तीन लाख बढी बैंक तथा वित्तीय संस्थालाई किस्ता बुझाउँदै आउनुभएका उहाँ अहिलेको अवस्थामा किस्ता तिर्नेदेखि परिवार नै कसरी पाल्ने भन्ने समस्या पिरोलिएको बताउनुहुन्छ । “निकै कठिन अवस्था आयो, गाडी भनेको जति धेरै ग्यारेजमा राख्यो उति बिगँ्रदै जान्छ, लगानी डुब्दै गएको छ । जीविकोपार्जनमै समस्या देखिन थाल्यो, समस्या बुझिदिन्छ कसले ?” उहाँले सुरक्षाको उपायसहित सवारी सञ्चालन गर्ने विषयमा सरकारले विकल्प दिनुपर्ने र वित्तीय संस्थाले पनि किस्ता तिर्न समय बढाएर ब्याज सहुलियत गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

स्याङ्जा फेदिखोला–१, सर्केटारीका राजेश पराजुलीको यस क्षेत्रको ३० वर्षे अनुभवमा अहिलेको जस्तो सङ्कट कहिल्यै भोग्नु नपरेको अनुभव छ । “म २०४६ सालबाट यातायात क्षेत्रमा छु, बीचमा केही वर्ष रोकेर २०५४ सालदेखि निरन्तरता दिँदै आएको छु, एउटा गाडीबाट अहिले ११ वटा गाडी छन्, बैंकको रु तीन चार करोडको ऋण छ । यो विषम परिस्थितिले निकै त,ना,व सिर्जना गरेको छ, यस्तो अवस्था यसअघि कहिल्यै भोग्नुपरेको थिएन ।” पराजुलीले आठ जनाको परिवार पनि यसै पेशाबाट पाल्दै आएकामा अहिले व्यवसाय ठप्प हुुँदा थप समस्या भोग्नुपरेको बताउनुभयो । केही समयका लागि सहज वातावरण सिर्जना गरेर सरकारले यातायात व्यवसायीलाई यस क्षेत्रबाट पलायन हुनबाट जोगाउनुपर्ने उहाँको माग छ ।

यातायात मालिक, स्वरोजगार मजदूरदेखि अन्य मजदूरका पीडा पनि उस्तै छन् । पोखरा महानगरमा सात वर्षदेखि माइक्रो बस चलाउँदै आउनुभएका दीपक थापा गाडी चलाएर परिवार पाल्ने दिनको पर्खाईमा हुनुहुन्छ । “लामो समय भयो गाडी चलेको छैन परिवार पाल्ने समस्याले निकै पिरोलेको छ, सवारी चालक पेशाबाट चार जनाको परिवार पाल्दै आएकामा अहिले कोही कसैले दिएको राहतबाट दिन गुजार्न बाध्य हुनुपरेको छ ।” “छिट्टै गाडी चलाएर आफ्नो परिवार पाल्ने दिन पर्खिरहेको छु”, थापाले भन्नुभयो ।

पोखरामा छ वर्षदेखि गाडी चलाउँदै आउनुभएका पोखरा मियाँपाटनका सलाउदिन मियाँले पनि बन्दाबन्दीका कारण रोजीरोटीमा समस्या भएको बताउनुभयो । “खै कहिलेबाट काम गरेर खान पाइन्छ, साह्रै त,ना,व भएको छ, पाँच जनाको परिवार पाल्न निकै समस्या भयो ।” मियाँले सरकारले बन्दाबन्दी केही खुकुलो बनाए पनि सार्वजनिक गाडी चलाउन आवश्यका तयारी नगरीदिँदा समस्या भएको बताउनुभयो ।

यी केही प्रतिनिधि पात्रसँगै कोभिड–१९ को असर अन्य यातायात व्यवसायीमा पनि उत्तिकै देखिएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागि जारी ब,न्दा,ब,न्दी,मा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले बैंकलाई चाबी बुझाउन बाध्य भएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर गाडीको चाबी बुझाउन शुरु गरिएको उ,हाँको भनाइ छ । “हामीले गाडी सञ्चालन भएको समयमा बंैक कर्जा समयमै बुझाउँदै आएका छौँ, तर अहिले अवस्था सहज छैन, सार्वजनिक गाडी चलेका छैनन्, दिनप्रतिदिन गाडी बिगँ्रदै गएका छन्, व्यवसायी आफँै सङ्कटमा परेका बेला पटकपटक ताकेता गर्दा व्यवसायीलाई मानसिक दबाब परेको छ ।” उहाँले किस्ता तिर्दैनाँै भनेको नभई अहिलेको अवस्थामा किस्ता भुक्तानीको समयावधि बढाउन माग गरे भन्दै सरकारले छिट्टै मौद्रिक नीतिबाट सम्बोधन गर्छ भन्नेमा विश्वस्त भएको बताउनुभयो ।

केसीका अनुसार अहिले प्रालिअन्तर्गत एक हजार ४०० गाडी रहेका छन् । अधिकांशले ७० प्रतिशत ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेको उहाँको भनाइ छ । देशभर तीन लाख गाडीबाट १२ लाख प्रत्यक्ष र ४० लाख अप्रत्यक्ष रुपमा यस क्षेत्रको रोजगारीमा संलग्न रहेका छन् ।

पृथ्वीराजमार्ग बस सञ्चालका समितिका प्रबन्ध निर्देशक ज्ञानबहादुर केसीले यातायात व्यवसायीको मागको सुुनुवाइ नभएको भन्दै आठ वटा बैंकमा १५५ वटा चाबी बुझाएको र यो क्रम निरन्तर रहेको बताउनुभयो । “हाम्रो उद्देश्य ऋण नतिर्ने होइन, तर केही थप समयको माग हो, सरकार र राष्ट्र बैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलनस्वरुप चा,बी बुझाउन बाध्य भयौँ । असहज परिस्थितिमा पटकपटकको ताकेताले व्यवसायी मानसिकरुपमा विचलित हुन पुगेका छन्, यसको सम्बोधन हुनुपर्छ”, केसीले भन्नुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष विष्णु खत्रीले यातायात मालिकसँगै यातायात मजदूरका समस्याको पनि सम्बोधन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रदेशमा एक लाख बढी यातायात मजदूर छन् । देशभर १० लाख बढी यातायात मजदूर छन् । जसमा करिब ४० प्रतिशत आफँै ऋ,ण,ध,न गरेर गाडी चलाउने गरेका स्वरोजगार मजदूर छन् भने बाँकी अन्य मजदूर छन् । सार्वजनिक यातायात ठप्प हुँदा कतिले कोठा भाडा तिर्न सकेका छैनन्, भने कतिलाई बिहान बेलुका छाक टार्न पनि गाह्रो छ, बिरामी हुँदा उपचार गर्न नपाउँदाको पीडा पनि हामीले सुनेका छौँ, सरकारले सुरक्षाको मापदण्ड बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न ढिलाइ गर्नुहुँदैन ।”

सरकारले हालै सार्वजनिक यातायात सञ्चालनका लागि निर्णय गरेको छ तर त्यस निर्णयप्रति व्यवसायी सन्तुष्ट हुन सकेका छैनन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसी यातायात व्यवसायीसँग कुनै छलफल नै नगरी एकतर्फीरुपमा गाडी चलाउन गरेको निर्णय स्वीकार्य नहुने बताउनुभयो । “यो अव्यावहारिक र एकतर्फी निर्णय हो । अहिलेको जटिल अवस्थामा सरकारले भने जसरी गाडी चलाउने हो भने व्यवसाय नै टाट पल्टने देखिन्छ, अन्तर जिल्ला गाडी च,ला,एर सम्पूर्ण सुरक्षा सामग्री उपलब्ध गराउँदा आर्थिक भार पर्न जाने हुँदा, यो निर्णयमा यातायात व्यवसायीले गाडी चलाउन सक्दैनन् ।”

केसीले गाडी चलाउँदा अपनाउनुपर्ने पूर्वाधार तथा यससँग आवश्यक सावधानीका विषयमा सरकारले व्यवस्थापन गर्नुपर्ने व्यवसायीका आवाज सुनेर सम्बोधन गर्नुपर्ने बताउनुभयो । अहिले सरकारले सामाजिक दू,री का,य,म गरेर मास्क सेनिटाइजर, डिस्इन्फेक्सन, ग्लोब्सलगायतका सामग्री वितरण गरेर व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको र यसले दैनिक अतिरिक्त रु दुई हजार खर्च आउने भएकाले व्यावहारिक नभएको उहाँको भनाइ छ ।

त्यसैगरी ब,न्दा,ब,न्दी,मा निजी सवारीसाधनले चर्को रकम लिएर गुडिरहेकोप्रति राज्यले ध्यान दिन नसकेको र सार्वजनिक यातायात व्यवसायप्रति सरकारले स,का,रा,त्म,क मूल्याङ्कन गर्न नसकेको उहाँको भनाइ छ । केसीले सरकारले गरेको निर्णयलाई शुक्रबार नै राष्ट्रिय यातायात महासङ्घले आवश्यक निर्णय गर्ने तयारीमा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *