भारतीय टेलिभिजनको प्रसारण बन्द भएपछि ओली सरकारले निकाल्यो यस्तो बिज्ञप्ति

काठमाडौं । विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर एमएसओले भारतीय टेलिभिजनको प्रसारण बन्द गरिदिएपछि ओली सरकारले धन्यवाद दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा हरूलाई धन्यवाद दिएको हो ।

शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर समाचार दिएका थिए । उक्त आधारहीन समाचारलाई लिएर भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेका बेला कतिपय केवल टेलिभिजन सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण बन्द गरेका थिए ।

भारतीय सञ्चार माध्यमले कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचार प्रकाशन गरेको भन्दै सञ्चार मन्त्रालयले पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त सामग्रीहरूले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने बताएको छ ।

आमसञ्चार माध्यमहरूले समाचार प्रकाशन र प्रसारण गर्दा सत्य,तथ्य र वस्तुपरक भई पेसागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्ने मन्त्रालयले जनाएको छ । नेपालले भारतीय न्युज च्यानलहरूको प्रशारण बन्द गरिदिएपछि नयाँदिल्लीमा खैलाबैला मच्चिएको छ ।

त्यस्तै प्रेस काउन्सील नेपालले भारतीय टेलिभिजनहरुले नेपाल सरकार र सरकार प्रमुखको विषयमा अतिरञ्जनपूर्ण सामग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल अफ इण्डियालाई पत्राचार गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउलाई जोडेर भ्रामक सामग्री बनाउँदै प्रसारण गरेकौ भन्दै पत्रकार आचारसंहिता उल्लंघन भएको भन्दै कार्यार्थ सहजीकरण गर्न भारतलाई पत्र लेखेको हो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले लेखेको पत्रमा ‘केही भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा निरन्तर भ्रामक, अतिरञ्जित, अपुष्ट, चरित्रहत्या केन्द्रित सामग्री प्रसारण गरिरहेको, पत्रकार आचारसंहिता उल्लघंन भइरहेकोबारे प्रेस काउन्सिल नेपालले मिति २०७७ असार २६ गते प्रेस काउन्सिल अफ इण्डियालाई आवश्यक कार्यार्थ सहजीकरणको लागि पत्राचार’ गरिएको छ । पत्राचार गरिएको व्यहोरा आवश्यक कार्यार्थ परराष्ट्र मन्त्रालय, सञ्चार मन्त्रालय समेतलाई पठाइएको काउन्सिलले जनाएको छ

यसैबीच भारतीय पत्रकार सुधीर चौधरीले नेपाल मामिलामा गरेको ट्विट हटाएका छन् । नेपाल र भारतबाट चर्को आलोचना भएपछि नेपाल मामिलामा गरेको टिप्पणी माफी मागेर हटाएका हुन् । नेपाल र भारतका हजारौँले चौधरीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए ।

जी न्युजका प्रधानसम्पादक चौधरीले नेपालमा भारतीय न्युज च्यानल प्रतिबन्धपछि नेपाल भारतीय समाचार वाचकसँग डराएको र सेनाको आवश्यकता नै नपरेको भन्दै टिप्पणी गरेका थिए । उनको टिप्पणीमा हजारौँले असहमति जनाएपछि बाध्य भएर ट्विट हटाएका हुन् ।

ट्विट हटाउँदै उनले लेखेका छन्, ‘मैले गरेको ट्विटले नेपालका दर्शकलाई चोट पुगेको छ । भारतबाट पनि धेरैले गलत गरेको भनेर मलाई लेखेका छन् । मैले आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो कसैलाई चोट पुर्याउनका लागि होइन । त्यसैले मैले दुख व्यक्त गर्दै ट्विट हटाएको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूतलाई गलत तरिकाले प्रस्तुत गरेर जी न्युजले नै भिडियो रिपोर्ट बनाएको थियो । अन्य भारतीय सञ्चारमाध्यमले पनि नेपालविरुद्ध गलत सन्देश प्रशारण गरिरहेका छन् ।

के भनेका थिए भारतीय मिडियाले ?

भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको थियाे । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो ।

‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको छ । आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’

राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ । भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन ।

उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दाबी गरिएको छ ।

उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको छ । यसैगरी, चीनको दूतावास अगाडि कृष्ण पहाडीलगायत केही व्यक्तिहरुले गरेको प्रदर्शनलाई पनि गलत तरिकाले जोडिएको छ ।

नेपालको सरकारले आफ्नो अतिक्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रामक समाचारहरु प्रशारण गर्दै आएका थिए । भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दुरुपयोग गरेको थियो ।

अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन । त्यसैले पनि भारतीय च्यानलहरुको मनपरी झन बढ्दै छ । जी टीभीको हर्कत यसैको उत्कर्ष हो ।

नेकपाभित्रको विवाद र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको विषयलाई भारतीय च्यानलहरुलाई पनि अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेका छन् । उनीहरुले नयाँ नक्सा प्रकाशित गरेकै कारण सरकारको राजीनामा मागिएको झुटो दाबी गरेका छन् ।

भारतीय टीभी च्यानल जी मिडियाले हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको हाे । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्वन्धमाथि काल्पनिक कथा बुन्दै सो टीभीले अनर्गल प्रचार गरेको हो ।

‘ओली कि ईश्कीया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनिया राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै टिभीले उनैको जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको छ ।

आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढाइ, लेकिन वा हनि ट्र्याप मे फसगए ।’ यान्कीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दावी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दावीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्कीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरेहको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही संसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दावी गरिएको छ ।

जीटीभीमा प्रशारित यो रिपोर्ट भारतीय पत्रकारिताको नांगो रुप हो । यो रिपोर्टलाई ‘पितपत्रकारिता’ वा ‘प्रपोगाण्डा’ भनेर दुत्कारेर मात्रै पुग्दैन । यो पत्रकारिताको खोल ओडेर गरिएको संगीन अपराध हो । सत्यतासँग एक प्रतिशत पनि सम्वन्ध नरहेको विषयलाई १६ मिनेटको रिपोर्ट बनाएर प्रशारण गर्ने भारतीय टिभी च्यानललाई के गर्ने ? हामी त इन्डियन च्यानलले जे पनि भन्छन् भनेर मुन्टो बटारौंला, तर यसले भारत र अन्य देशका मानिसहरुलाई पक्कै प्रभाव पार्छ ।

कुनै अमुक देशका प्रधानमन्त्री र महिला राजदूतबीच काल्पनिक कथा रचेर प्रायोजित रिपोर्ट बनाउनु जी टीभीको अक्षम्य अपराध हो । यसमाथि नेपालको सरकारले एक्सन लिनैपर्छ । केही समयअगाडि नेपालमा एक अखबारले माओत्सेतुङको तस्वीरमा मास्क लगाइदिएको सामान्य घटनामा काठमाडौंस्थिति चिनीया दूतावासले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको थियो । जीटीभीको हर्कत त्योभन्दा सयौं गुणा आपत्तिजनक छ ।

तर, दिल्लीस्थित नेपाली दूतावास भने भारतीय मिडियाले एकपछि अर्को कपोलकल्पित र भ्रामक समाचारहरु प्रकाशन/प्रशारण गरिरहँदा पनि मस्त निद्रामा छ । टाइम्स अफ इन्डियाजस्तो प्रतिष्ठित पत्रिकाले समेत नेपालका प्रधानमन्त्रीको तस्वीर दुरुपयोग गर्यो । त्यसमा आपत्ति जनाएर दूतावासले एउटा पत्रसमेत पठाउन सकेन ।

जिटीभीको रिपोर्टमा पनि उसले अहिवलेसम्म चासो दिएको छैन । विषयको संवेदनशीलताका कारण अब नेपाल सरकारले नै जीटिभीमाथि एक्सन लिनुपर्ने समय आएको छ । टीभीलाई उक्त रिपोर्ट तत्काल हटाएर माफी माग्न लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *