पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९० वर्षीय बृद्धसहित १० जनाले जिते कोरोना

कास्की, २६ असार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराबाट ९० वर्षीय बृद्धसहित १० जना संक्रमितहरु उपचारपछि ठीक भएर डिस्चार्ज भएका छन् ।शुक्रबार पोखरा १४ कास्की निवासी ९० वर्षीय बृद्धसहित १० जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

आज डिस्चार्ज हुनेहरुमा ५ जना पुरुष र ५ जना महिलाहरु रहेका छन् । प्रतिष्ठानका अनुसार पोखरा १४ कास्कीका ९० वर्षीय बृद्ध, ४२ वर्षीय पुरुष र २४ वर्षीया महिलालाई डिस्चार्ज गरिएको हो ।त्यस्तै, मादी गाउँपालिका–९ कास्कीका २३ वर्षीय पुरुष, पोखरा–४ कास्कीकी ४० वर्षीया महिला, पोखरा–तल्लो गगनगौंडाकी ३७ वर्षीया महिलालाई डिस्चार्ज गरिएको छ ।

त्यस्तै, पोखरा–२५ कास्कीका ३३ वर्षीय पुरुष, पोखरा–१७ कास्कीका ५३ वर्षीय पुरुष, पोखरा राम्दीकी ३१ वर्षीया महिला र मोरिया लेखनाथकी ५२ वर्षीया महिलालाई डिस्चार्ज गरिएको छ ।यसैबीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पूर्ववरत् रुपमा दिइदै आएका सेवाहरु सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सूचारु रहेको पनि जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *