सरकारले सञ्चालन अनुमति दिदाँ पनि यसकारण चलेनन् सार्वजनिक सवारी साधन

काठमाडौं । सरकारले सार्वजनिक सवारी सञ्चालनका लागि अनुमति दिएपछि व्यवसायीले नचलाउने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको हो । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारसँग राखिएका विभिन्न सर्तहरु पूरा नभएको भन्दै यातायात नचलाउने निर्णय गरिएको जानकारी दिएको छ ।

यही २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका उपाय अपनाउँदै काठमाडौं उपत्यकाका तीनै जिल्ला र बाहिर जिल्लाभित्र मात्रै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायत माग यातायात व्यवसायीहरुको माग राखेका छन् ।

यो पनि मास्क नलगाउने २३९ पुरुष र १८० महिला नियन्त्रणमा

काठमाडौं । मास्क नलगाउने ४१९ लाई आज सामान्य कार्वाही गरिएको छ । कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको न्यूनतम् मापदण्डसमेत पालना नगरेको जनाउँदै मास्क नलगाउने ४१९ जनालाई नियन्त्रणमा लिई छाडिएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले आज मास्क नलगाई काभ्रेपलाञ्चोकको विभिन्न सार्वजनिक स्थलमा हिड्ने २३९ पुरुष र १८० महिलालाई नियन्त्रणमा लिई प्रहरीद्वारा सम्झाइबुझाई छाडिएको जनाएको छ ।

पोष्ट संयोजक एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने तथा वित्तीय संस्था एवं व्यापारिक संस्थामा सामाजिक दूरी कायम भए नभएकोबारे अनुगमन भइरहेको बताउनुभयो ।

यसैबीच, आज काभ्रेपलाञ्चोकका चार पुरुष र दुई महिलामा कोरोना भाइरस पुष्टी भएको पोष्टले जनाएको छ । यसअघि जिल्लाका १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो ।

तीमध्ये सात उपचारपछि घर फर्किएका छन् । पोष्टका अनुसार हाल विभिन्न स्थानीय तहका क्वारेन्टिनमा विदेशबाट आएका १४२ तथा आइसोलेसनमा दुई जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *