प्रहारी मुख्यालयका थप १८ जनामा कोरोना संक्रमण पुष्टि, सं,क्र,मि,त,को संख्या ७२ पुग्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस कोभिड-१९ को सं,क्र,म,ण पुष्टि भएको छ । आज शुक्रवार थप १८ जना प्रहरीमा कोरोना सं.क्र.म.ण भएको पुष्टि भएसँगै प्रहरी हेडक्वाटरमा कोरोना संक्रमितको संख्या ७२ पुगेको हो ।प्रहरीका अनुसार सं,क्र,मि,त हुने धेरैजसो सवारी चालक, सञ्चार शाखामा काम गर्ने प्रहरी र मेकानिक रहेका छन् । संक्रमित सबैलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

शुरुमा संक्रमित ४ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप प्रहरीको पनि स्वाब परीक्षण गरिएको थियो । योसँगै नेपालभर हालसम्म २ सय ५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै उता वीरगञ्जमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । दुई जनामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो । उपचारको क्रममा ज्यान गुमाएका वीरगञ्ज-१६ नगवाका ३५ वर्षीय युवा र सेवानिवृत्त ६५ वर्षीय कर्मचारीको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

३५ वर्षीय युवाको कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा र सेवानिवृत्त कर्मचारीको घरमै ज्यान गएको हो । ज्वरो आउने,श्वासप्रश्वासको समस्या लिएर मंगलबार कोभिड अस्पतालमा भर्ना भएका ती युवालाई स्वाबको नमुना लिएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा हिजो बिहीबार बेलुकी ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिए ।

ज्वरो आएपछि ती युवालाई साउन ५ गते क्लिनिकमा देखाइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई अस्पताल लगिएको थियो । अस्पतालले त्यसै दिन कोरोना अस्पतालमा रिफर गरेको थियो । उहाँको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायले बताए ।

यस्तै हिजो बिहान घरमै मृत्यु भएका वीरगञ्ज-२ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना भाइरसको सङ्क्रमण मिल्दोजुल्दो लक्षण देखा परेको हुनाले घरका सदस्यले अस्पताललाई खबर गरेका थिए । अस्पतालको टोली गएर स्वाब संकलन गरेको थियो भने शवलाई नारायणी अस्पतालमा ल्याएर राखिएको थियो ।

यसैगरी कोरोना पुष्टि भएपछि उपचार गराइरहेका ५६ वर्षका भारतीय नागरिकको पनि राति ज्यान गएको गण्डक अस्पतालले जनाएको छ । बिहीबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८ जना महिला छन् ।

नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाइकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउनमा मात्र पर्सामा ज्यान जानेको संख्या ८ पुगेको छ ।

योभन्दा अघि बारा र रौतहटका एक/एक जनाको वीरगञ्जमै ज्यान गएको थियो । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *