काठमाडौं उपत्यकाका तीन जिल्लामा आज थपिए यति धेरै नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी म,हा,मा,री,को रुपमा रहेको कोरोना सं,क्र,मण,को उच्च जो,खि,म,मा रहको काठमाडौं उपत्यकाका ३८ जना कोरोना सं,क्र,मि,त फेला परेका छन् । उपत्यकाका ३ जिल्लामा ३८ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३२, ललितपुर ५ र भक्तपुरमा १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । २४ घन्टाको अपडेटमा बिहीबार उपत्यकामा ४८ जनामा सं,क्र,म,ण, देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ३ जना, ललितपुरका २ जना, पाटन अस्पताल ललितपुरमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै वीर अस्पताल काठमाडौंमा, काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १८ जना, ललितपुरका १ जना, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा, भक्तपुरका १ जना छन् ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या २० हजार नजिक पुगेको छ । नेपालमा आज कोरोना संक्रमितहरुको संख्या १९ हजार ७७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३९९ जना निको पनि भैसकेका छन् । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरसको सं,क्र,म,ण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *