भयावह बन्दै कोरोना संक्रमण, ट्राफिक कार्यालयका एसएसपीसहित ३६५ जना क्वारेन्टाइनमा

काठमाडौं । लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमण थप बढ्दैछ । संक्रमित मात्रै नभएर मृतकहरुको संख्या पनि बढ्दैछ । नेपालमा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या २० हजार नाघेको छ । ज्यान गुमाउनेहरुको संख्या अहिलेसम्म ५८ पुगेको छ ।

यो बीचमा सधै सडकमा खटिने ३७५ ट्राफिक प्रहरीलाई क्वारेन्टाइन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइन गरिएको हो । संक्रमितहरुलाई भने अस्पताल पठाइसकेको जानकारी दिइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार ३७५ जना ब्यारेक–ब्यारेकमै क्वारेन्टाइमा बसेपछि महाशाखा अहिले पूर्ण सिल छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई आउ–जाउ गर्न बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले आफुले पनि अरुसँग भेटघाट बन्द गरेको जानकारी गराउनुभयो । क्वारेन्टाइनमै बसेपनि ट्राफिक व्यवस्थापनमा भने कुनै कमी नभएको उहाँले बताउनुभयो । महाशाखाको मातहतमा १५ सय ४५ जना कार्यरत छन् । ३७५ जना क्वारेन्टाइनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *