यो साता कोरोनाले विदेशमा थप २८ नेपालीको ज्यान लियो, भारतमा मात्रै २५ नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप २८ जना नेपालीको ज्यान गएको छ । यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. सन्जीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

संयोजक सापकोटाका अनुसार यो साता भारतमा मात्रै थप २५ जना नेपालीको ज्यान गएको छ । भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढीरहेको उनको भनाइ छ ।

‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले हामीलाई दिएको जानकारी अनुसार भारतमा थप २५ नेपालीको ज्यान गएको छ,’ उनले भने, ‘ कोरोनाबाट भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित भएका छन् ।’

यो साता साउथ अफ्रिकामा पनि पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।

पारिवारिक जमघटमा सहभागी ३५ नेपाली संक्रमित

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । सापकोटाका अनुसार एक पारिवारिक जमघटमा ९वैवाहिक वर्षगाँठ० मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् ।दोस्रो महामारी आउने सक्ने ख,त,रा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ

समितिले स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ ।कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न समितिले आग्रह गरेको संयोजक सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *