नेपाली सेनालाई बदनाम गराउने भारतीय प्रधानमन्त्री निकट मिडियाको प्रोपोगाण्डा

काठमाडौं। नेपाल र भारतबीच सम्बन्ध चिसिएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा निकट एक मिडियाले नयाँ प्रोपोगाण्डा सुरु गरेको छ । उसले नेपाली सेनालाई पाकिस्तानी सेनाको बाटोमा हिँडिरहेको टिप्पणी गरेको छ । एक नेपाली अखबारको रिपोर्ट उद्धृत गर्दै उसले नेपाली सेनाले पनि व्यापार गर्न चाहेको र ‘कर्पोरेट’ सेना बन्ने बाटोमा रहेको उल्लेख गरेको छ ।

नेपाली सेना कर्पोरेट आर्मी बन्न लागेको र यसको देशभित्रै विरोध भइरहेको नवभारत टाइम्सले लेखेको छ । नवभारत टाइम्स भाजपानिकट अखबार मानिन्छ । उसको रिपोर्टअनुसार नेपाली सेनाको कल्याणकारी कोषको रकम विभिन्न व्यवसायमा प्रवद्र्धकको रुपमा लगानी गर्न नेपाली सेनाले प्रक्रिया थालिसकेको छ । नेपालका रक्षा विशेषज्ञलाई उद्धृत गर्दै समाचारमा सेना यसरी गैरसैन्य गतिविधिमा संलग्न हुँदा व्यवसायिक रुपमा कमजोर हुने उल्ले गरिएको छ ।

पाकिस्तानी सेना पनि व्यवसायिक क्षेत्रमा संलग्न भएको रिपोर्टमा जनाइएको छ । रिपोर्टका अनुसार पाकिस्तानी सेना विभिन्न व्यवसायिक संगठनले संचालन गरिरहेका ५० भन्दा धेरै कारोबार र हाउजिङ प्रपर्टीको मालिक भएको उल्लेख छ । एसिया टाइम्सका अनुसार २०१६ मा पाकिस्तानी सेनाले चलाइरहेका व्यवसायको मूल्य २० अर्ब डलर थियो जो तीन वर्षमा बढेर १ खर्ब डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *