उपत्यकामा गएको २४ घण्टामा यति धेरै नयाँ कोरोना संक्रमित थपिएसँगै संख्या ६३४ पुग्यो

काठमाडौं । कोरोना महामारीको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेका छन् ।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन् । उपत्यकाका जिल्लाहरू पुगेको कुल संख्यालाई हेर्दा काठमाडौंमा ४५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ५९ जना कोरोना संक्रमित पुगेका छन् । आज देशभर २४६ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै कुल संक्रमितहरुको संख्या देशभर २० हजार ३३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *