सुनको भाउमा अर्को रेकर्ड,आज तोलामा यति धेरै ले ब,ढ्यो सुनको मुल्य

काठमाण्डौ – सुनको भाउ उकालो लाग्ने क्रम आज पनि कायमै छ । आज तोलामा ११ सय रुपैयाँ ब,ढे,र सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ म,हँगो भएको हो । सुन हिजो तोलाको १ लाख १४ सय रुपैयाँ थियो ।महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ ड,ल,रले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । भाउ म,हँ,गो हुँदै गएपछि कारोबार भने ठप्प भएको छ ।

यो पनि शनिबार रातिदेखि मनसुन सक्रिय हुने, झरीको संभावना

काठमाण्डौ – दिउँसो कम पानी पर्दा गर्मी बढेको छ । मनसुन चलिरहेकाले दिउँसो गर्मी भए पनि राति पानी पर्ने गरेको छ । तर दिउँसो कम पानी परेपछि गर्मी बढेको हो ।दिउँसो चर्को घाम लागेपछि सतहमा भएको पानी बादल बनेर आकाशमा रहने र राति चिसो भएपछि पानी पर्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज र भोलि पनि दिउँसोको भन्दा राति धेरै पानी पर्ने संभावना छ ।

आज र भोलि देशभरीकै मौसम सामान्य बदली भई एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले जानकारी दिनुभयो ।तर पर्सि शनिबार रातिदेखि भने मनसुन फेरि सक्रिय हुन लागेकाले आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले पूर्व तयारी गर्न उहाँको सुझाव छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार आज राति प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *