साताको पहिलो दिन आज नेपालमा यति धेरै घट्यो सुनको मुल्य

काठमाडौं । लगातार बढ्दै गएको सुनको मुल्य नेपाली बजारमा आज घटेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार नयाँ रेकर्ड राख्दै प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य साताको पहिलो दिन भने तोलामा ९ सय रुपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारका लागि महासंघको तेजावी सुनको मुल्य प्रतितोला १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ भने चाँदीको मुल्य पाँच रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँ पुगेको छ ।

यो पनि चीनमा एकै वर्ष एक हजार ३१० किलोमिटर रेलवे विस्तार

बेइजिङ । चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल एक लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।

कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा नाै अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ । पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको विस्तारमा बढी लगानी गरेको छ ।

रेलसेवाको विस्तार र सुधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ११.३ प्रतिशतले बढी खर्च गरिएको कर्पोरेसनले जनाएको छ । पहिलो सात महिनाको अवधिमा एक हजार ३१० किलोमिटर नयाँ रेलवे लाइन शुरु भएको छ जसमा ७३३ किलोमिटर उच्च गतिको रेलवेसमेत रहेको कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *