गएको २४ घण्टामा थपिए यति धेरै नयाँ कोरोना संक्रमित

काठमाडौं । साताको पहिलो दिन आइतबार आज काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलेको छैन ।

देशभर पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले २४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

यस्तै, २४ घन्टामा ४० जना डिस्‍चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । मुलुकभर ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *