भगवान बुद्धलाई महान भारतीय भन्ने भारतका विदेशमन्त्रीलाई नेपालले फर्कायो यस्तो जवाफ

काठमाडौं । भगवान गौतम बुद्धलाई लिएर भारतीय लिएर भारतीय विदेशमन्त्रीले दिएको बयानमा नेपालले मुख खोलेको छ । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस–विवाद नरहेको प्रष्ट पारेको हो । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जवाफ फर्काएको हो ।

सञ्चारकर्मीको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य अनुसार भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको कुरा प्रष्ट पारेको उल्लेख गर्नुभएको हो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेका छन् ।

मोदीले सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताएका थिए । नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको मन्त्रालयले जानकारी दिएको छ । विश्वले स्विकार गरेको यो तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *