अर्जुनपछि मलाइकामा कोरोना संक्रमण, होम-आइसोलेसनमा

एजेन्सी । अभिनेता अर्जुन कपुरले आइतबार इन्स्टाग्राममार्फत आफूमा कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।त्यसको केही घण्टामै अभिनेत्री तथा अर्जुनका प्रेमिका मलाइका अरोरा पनि कोरोना भएको खबर आएको छ । मलाइकाकी बहिनी अमृता अरोराले टाइम्स अफ इन्डियालाई यो खबरबारे पुष्टि गरेका हुन् ।

मलाइका र अर्जुन दुवै अहिले होम-क्‍वारिन्टिनमा छन् । केहीदिन अघि मात्रै मलाइका निर्णायक रहेको डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ का ७/८ जना क्रु सदस्यहरुमा पनि कोरोना देखिएको खबर सार्वजनिक भएको थियो । -हिन्दुस्तान टाइम्स

बलिउड अभिनेता अर्जन कपुरलाई कोरोना संक्रमण

बलिउड अभिनेता अर्जुन कपूरलाई पनि कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।अहिले आफू स्वास्थ् रहेको र शरीरमा कोरोनाको कुनै लक्षण नरहेको बताएका छन्। हालैका दिनमा धेरै सेलिब्रेटीहरु कोरोनाबाट संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *