नेपालमा कोरोना भाइरसविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग सुरु, सकारात्मक प्रभाव देखियो (भिडियो)

काठमाडौ, २१ भदौ । विश्वका विभिन्न मुलुकहरुले कोरोना भाइरस कोभिड नाइन्टिनको खोप तथा औषधि परीक्षण तीव्र बनाएका छन्। नेपालले पनि आयुर्वेदिक औषधिको परीक्षण सुरु गर्ने भएको छ ।नेपालमा पाइने जेठीमधु र त्रिकटु मिश्रण गराएर परीक्षण थालिने भएको हो । हालसम्मको अध्ययनले आयुर्वेद औषधिको सकारात्मक प्रभाव परेको छ ।

प्रदेश पाँचमा कोरोना भाइरस संक्रमणबाट प्रभावितहरुमा आयुर्वेदिक औषधिको प्रयोग प्रभावकारी बनेको छ । हालसम्म १ सय ५० भन्दा बढीमा गरिएको प्रयोगले उनीहरुमा सकारात्मक प्रभाव पारेको प्रदेश पाँच सरकारका सामाजिक विकास मन्त्रालयको भनाइ छ ।

औषधिको प्रयोगपछिको सात दिनमा कोरोना संक्रमितको रिपोर्ट ‘नेगेटिभ’ देखिएको थियो । हाललाई सामान्य समस्या देखिएका विरामीलाई जेठिमधु लगायत केही जडिवुटीको मिश्रण गराएर त्रिकटु औषधिको रुपमा प्रयोग गराइएको छ ।

उनीहरुलाई निकै राहत मात्र होइन, भाइरसको प्रभाव कम गरेको अध्ययनहरुले देखाएको छ । विरामीहरुमा कुनै साइड इफेक्ट भएको छैन । अब यी आर्युवेदिक औषधिको प्रयोगका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को परामर्शमा स्वास्थ्य प्रोटोकल बनाउने प्रदेश सरकारको तयारी छ ।

प्रदेश ५ का अस्पताल तथा आइसोलेशनहरुमा औषधिको परीक्षण गरिने सरकारको योजना छ । पहिलो परीक्षण हेरेपछि गम्भीर विरामीलाई पनि दिन सकिने जानकारहरु बताउँछन् ।

मरीच, पिप्ली र सुठो अर्थात सुकेको अदुवालाई बराबरी मात्रामा मिलाएर बनाइने त्रिकटु र जेठीमधुको मिश्रणबाट बन्ने औषधि खाना खानुअघि विरामीलाई खुवाउने गरिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डाक्टर प्रदीप ज्ञवालीका अनुसार उक्त औषधि परीक्षणको अनुमति पाएकाले मापदण्ड बनाएर प्रदेश ५ का अस्पतालहरूमा परीक्षण हुनेछ ।

आयुर्वेदिक केन्द्रका चिकित्सकहरु र काठमाडौंबाट गएको अनुसन्धान टीमको संलग्नतामा केहीदिनमै औषधि दिने योजना बनाइएको छ । विश्वका विभिन्न मुलुकहरुले कोरोना भाइरस विरुद्धको खोप र औषधिमा आफूलाई केन्द्रित गरेका छन् ।तर, हालसम्म कतै सफलता मिलेको छैन । साइट इफेक्ट समेत नहुने भएकाले आर्युवेदिक औषधि प्रभावकारी बन्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *