दैनिक जीवनमा धेरै खपत हुने मध्येको खाद्य पदार्थ केराउ र चना पनि हो। सामान्यतया खाजाको रुपमा केराउको छोले र चनाको खुब प्रयोग हुन्छ।केराउ र चना खाँदाका धेरै फाइदा छन् त्यो सबैलाई थाहा नहुन सक्छ । चना र केराउ खाँदा मुख्य आठ फाइदा यस्ता छन् ।
तौल घटाउँछ: चना तथा केराउमा हुने फाइबरको कारणले यिनीहरूको सेवन तौल घटाउन निकै उपयोगी मानिन्छ। चना तथा केराउले लामो समयसम्म ढाडस दिइरहन्छ। चना तथा केराउले शाहाकारीको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
शक्ति वढाउँछ: चना तथा केराउको प्रयोगले शक्ति बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि बढ्छ।चिनीको सन्तुलन: चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्छ।
महिलाको हर्मोनलाई नियमित बनाउँछ: महिलामा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ। हर्मोनको नियमितताले छातीको क्यान्सर हुने सम्भावना कम हुन्छ।
रक्तअल्पताको हेरचहा:चना तथा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।
रक्तचाप नियमित बनाउँछ: केराउ तथा चनाको प्रयोगले उच्च रक्तचापलाई केही कम गर्छ । केराउ चनाको प्रयोगले रक्तचापलाई नियमित बनाउँछ ।अपच हुने समस्या हुँदैन: चना तथा केराउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ ।
मुटु स्वस्थ बनाउँछ: चना तथा केराउको प्रयोगले स्वस्थ मुटु बनाउनको लागि अहम भूमिका खेल्दछ । साथै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता हट्दछन् ।