काठमान्डौ उपत्यकामा थपिए थप ३२६ जना कोरोना संक्रमित

काठमाडौं , काठमान्डौ उपत्यकामा आज थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य थप जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३ जना , भक्तपुरमा १३ जना र ललितापुरमा ३० जना गरि उपत्यकामा आज ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार आज देश भरि गरिएको ९२१८ पीसीआर परीक्षणमा ९७९ जनामा कोरोना संकमण देखिएको हो ।यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

आज देश भरि सक्रिय कोरोना संक्रमितको संख्या १६२५९ रहेको छ ।यसैगरी होम आइसोलेसनमा रहनेको संख्या ७ हजार १ सय ९० र संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार ६९ रहेको छ ।नेपालमा आज १७३६ कोरोनालाई जितेर घर फर्किएका छन् ।यो संगै डिस्चार्ज हुनेहरुको कुल संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।निको हुनेको यो प्रतिशतमा कुल ६५ प्रतिशत हो । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३९ रहेको छ । त्यस्तै नेपालमा पछिलो २४ घन्टामा ११ जनाको ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार आज देशभर मा ११ जनाको कोरोना संक्रमण बाट ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *