एम्बाप्पेलाई कोरोना संक्रमण, नेसन्स लिगका बाँकी खेल पनि गुमाउने

एजेन्सी, २३ भदाै । फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । फ्रेन्च फुटबल फेडेरेसनकाे अनुसार सोमबार गरिएको परीक्षणमामा एम्बाप्पेलाई कोरोना पोजेटिभ देखिएको हाे ।कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन् । उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने नदेखिएको बताइएको छ ।

एम्बाप्पेमा कोरोना पुष्टि भएसँगै अब नेसन्स लिगका बाँकी खेल गुमाउने भएका छन् । उनले यसअघि शनिबार स्वीडेनविरुद्धको खेलमा निर्णायक गोल गरेर फ्रान्सलाई जिताएका थिए ।फ्रान्सले भाेलि मंगलबार पेरिसमा घरको खेलमा यूईएफए नेसन्स लिग अन्तर्गत क्रोएशिया बिरुद्ध खेल्दै छ ।

मेस्सीको पिसिआर रिर्पोट नेगेटिभ, प्रशिक्षणमा फर्किए

बार्सिलोनामै बस्ने निर्णय गरेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी साेमबारदेखि प्रशिक्षणमा सहभागी भएका हुन् ।

यस अघि मेस्सी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् । मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताएका थिए । मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।

तर, बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए । कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।

प्रशिक्षणमा फर्किनु अघि उनले प्रशिक्षणको लागि पीसीआर परीक्षण गरेका थिए । उक्त परीक्षणमा मेस्सीको रिपोर्ट नेगेटिभ आएपछि उनी प्रशिक्षणमा फर्किएका हुन् ।

बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेस्सीले भने क्लब छोड्नको लागि निवेदन दिएका कारण सहभागी हुन पाएका थिएनन् । तर फेरी एक वर्ष क्लबमा नै बस्ने निर्णय गरेपछि कोरोना परीक्षण गरेर प्रशिक्षणमा फर्किएका हुन् ।

अब ३३ वर्षीय लिजेण्ड मेस्सी अर्को समरसम्म क्याम्प नाउमा हुने छन् । त्यसपछि मेस्सीको बार्सिलोनाको बसाई अवधि भने क्लबमा आउने नयाँ अध्यक्षमा निर्भर रहनेछ । बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *