भदौ २४ पछि निषेधाज्ञा थप नहुने !

काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा तीनवटै जिल्लाका प्रजिअले भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन्। भदौ तीन गतेबाट सुरु भएको निषेधाज्ञालाई २४ गतेसम्मलाई लम्ब्याइएको छ। उपत्याकका तीनवटै जिल्लाका प्रजिअहरुले कोरोना खोजिम कम गर्न दशैंसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएका छन्।

तर उद्योगी र व्यावसायीले भने अब निषेधाज्ञा लम्ब्याउन नहुनेमा जोड दिएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र व्यापारीसँग छलफल गरेका थिए। उक्त छलफलमा व्यापारीले निषेधाज्ञा नलब्याउन आग्रह गरेका थिए। व्यावसायीको आग्रहलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको बताएका थिए।

प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट मानिसको ज्यान बचाउनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै सरकार मध्यमार्गी बाटोमा हिँड्ने बताएका थिए।सोमबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक जीवनका विषयमा छलफल भएको थियो।

अध्यक्षद्वयबीच भएको छलफलपछि भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको थियो। नेकपाले सचिवालय बैठक बोलाउनुलाई निषेधाज्ञा थप नहुने संकेतका रुपमा बुझ्नु पर्ने प्रधानमन्त्री ओली निटक स्रोतले जनाएको छ।

यसअघि निषेधाज्ञा कायम रहेको भन्दै स्थायी कमिटी बैठक तत्काल नबोलाइने बताइएको थियो। ‘कोरोना जोखिम कम गर्ने एउटा उपाय लकडाउन वा निषेधाज्ञा हो,’ प्रधानमन्त्री ओली निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘तर निरन्तर निषेधाज्ञा जारी राख्दा विहान बेलुका काम गरेर छाक टार्ने बर्ग झन मारमा पर्ने अवस्था आएपछि सरकारले मध्यमार्गी बाटो अपनाउन लागेको हो।’

स्रोतका अनुसार सरकारले काठमाडौं उपत्यकाको हकमा डब्ल्यूएचओको मापदण्डलाई फलो गर्दै दैनिक जनजीविकासँग सम्बन्धित विषयलाई भने खुला गर्ने भएको हो। एकपछि अर्को गर्दै चाडबाड आइरहेको अवस्थामा निरन्तर निषेधाज्ञा जारी राख्दा गरिखार्ने वर्ग र व्यापारी मारमा पर्ने भएपछि सरकारले बीचको बाटो लिने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *