चीनले पारदर्शीरुपमा कोभिड–१९ बारे काम गर्‍यो : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनफिङले मंगलबार एक कार्यक्रमबीच कोभिड–१९ विरुद्ध चीनको ‘जनयुद्ध’ का ‘हिरो’ को सम्मान गरेका छन् । उनले सो अवसरमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले यसको नियन्त्रणमा खेलेको निर्णायक भूमिकाको पनि प्रशंसा गरे ।

अमेरिकालगायत केही देशहरुले चीनको सुरुवाती असफलताले विश्वभर कोरोनाभाइरसको महामारी फैलिएको आरोपलाई खण्डन गर्दै चीनले खुला र पारदर्शी तरिकाले काम गरेको र निर्णायक कदम चालेर लाखौँको ज्यान जोगाएको स्पष्ट पारे ।

‘चीनले मानवताका लागि समान भविष्य र समाज निर्माण गर्ने इमान्दार प्रयत्न प्रस्तुत गर्दै व्यावहारिक कदमबाट विश्वभरका लाखौँ मानिसको ज्यान जोगाउन सहयोग गरेको छ,’ सीले बेइजिग्रेट हल अफ पिपलमा आयोजित कार्यक्रममा सीले भने ।उनले महामारी पछि चीन आर्थिक बृद्धिमा फर्कने पहिलो मुख्य अर्थतन्त्र भएको विषयमा जोड दिँदै यसले देशको प्राणलाई प्रस्तुत गरेको बताए ।

कार्यक्रममा सीले चीनमा कोरोनाभाइरसविरुद्धको अभियानमा मुख्य भूमिका निर्वाह गर्ने कोरोनाभाइरस विशेषज्ञ तथा शीर्ष स्वास्थ्य सल्लाहकार झोङ नानसानलाई देशको सबैभन्दा उच्च सम्मान ‘मेडल अफ द रिपब्लिक’ बाट सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *