आमिर खानका भाइ फैसलले भने- करन जौहरले मेरो अपमान गरेका थिए

बलिउड अभिनेता आमिर खानका भाइ फैसल खानले फिल्म निर्माता तथा निर्देशक करन जौहरले आफ्नो अपमान गरेको आरोप लगाएका छन्।भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार अभिनेता फैसल खानले फिल्म क्षेत्रमा पूर्वाग्रह रहेको खुलाउने क्रम ‘बलिउड हंगामा’ मा यसबारे खुलासा गरेका हुन्।

फैसलले अन्तर्वाता क्रममा आफूले पनि पूर्वाग्रह अनुभव गरेको बताएका थिए। यसै विषयमा कुरा चल्दा उनले एक घ टना याद गरे जुन बेला फिल्म निर्माता तथा निर्देशक करन जौहरले उनलाई ‘तल्लो दर्जा’मा राख्दै अ प मान गरेका थिए।

फैसलले भनेका छन्, ‘यदि तपाईंको काम फ्लप भयो भने उनीहरूले तपाईंलाई राम्रो व्यवहार गर्दैनन्। उनीहरू तपाईंलाई हेर्दा समेत हेर्दैनन्। यस्तै घ टना मैले पनि भोगेको छु।’

उनले थपे, ‘मेरो दाइ (आमिर खान)को ५०औं जन्मदिनमा म कसैसँग कुरा गरिरहेको थिएँ। म उहाँको त नाम लिन चाहन्नँ तर त्यही बेला करन आएर मलाई तल झारेको व्यवहार गरे। करनले म कुरा गरिरहेको मान्छेसँग बीचमै आएर कुरा गरिदिए। त्यसबखत उनले गरेको व्यवहार साँच्चै अ पमा नजनक थियो। त्यस्ता धेरै घ टना भएका छन् र मैले विभिन्न किसिमका यस्ता अ प मा नजनक घ टना भोगेको छु।’

फैसलका भनाइमा आधारित हुँदै हिन्दुस्तान टाइम्सले लेखेको छ- पार्टीमा फैसल र आमिर सँगै देखा परेका थिए। फैसललाई लागेको थियो कि उनी फिल्मकर्मीहरूबाट सम्मानित हुन्छन्। तर विपरीत भइदियो। उनलाई सबैले एक किनार लगाइदिए। यद्यपि फैसलले सोही घ टना औल्याउँदै भने, ‘बाहिरी’ प्रतिभालाई फिल्म उद्योगमा आफ्नो छाप पार्न असम्भव भने छैन।’

फैसलले शाहरूख खान, अक्षय कुमार, आयुष्मान खुराना लगायत अन्य केही कलाकारको उदाहरण दिँदै फिल्म क्षेत्रकै केटाकेटीलाई सुरूआति दिनमा मात्रै केही फाइदा हुन सक्ने तर यहीँ टिक्न उनीहरूकै क्षमताको भर हुने स्पष्टिकरण पनि दिएका छन्। उनले आफ्नै उदाहरण दिँदै यो बताएका हुन्।

‘अन्तत, तपाईंले ने पो टिजम र पक्षपातका कारण यहाँबाट विश्राम पाउनुहुनेछ। तपाईंको बुवा ठूलो निर्देशक हुनुहुन्छ भने उहाँले तपाईंलाई फिल्ममा लिन केही मान्छेसँग कुरा गर्न सक्नु हुन्छ। तर तपाईंले त्यसका लागि आफू सक्षम रहेको भन्ने आफ्नो योग्यता प्रमाणित गर्नुपर्ने हुन्छ,’ फैसलले भनेका छन्, ‘सफलताका लागि कुनै सिद्धान्त वा सूत्र छैन।

भित्री हुन् वा बाहिरी, यो क्षेत्रमा नयाँ मान्छे आउने क्रम जारी रहन्छ। मेरो विचारमा यसै क्षेत्रबाट भित्रिएका कलाकार तुलनात्मक रुपमा बाहिरबाट फिल्म क्षेत्रमा आएकाभन्दा बढी फ्लप भएका छन्। किनभने यहाँ मौका पाए पनि सफलता पाउन गाह्रो छ।’बलिउडमा ‘भित्री-बाहिरी’ कलाकारको विषय चर्केको धेरै भएको छैन। अभिनेता सुशान्तसिंह राजपुत, बाहिरबाट भित्रिएका एक कलाकारको मृ त्युपछि यो विषय चर्केको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *