पछिल्लो २४ घण्टामा ९ सय दुई जना संक्रमित, २ हजार दुई सय ८७ कोरोना मुक्त

पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षणमा ९ सय २ जनामा संक्रमण देखिएको हो। यो सँगै अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको ५।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ३२ हजार ९ सय ६४ जना कोरोना मुक्त भएका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७९ जना संक्रमित थपिएका छन्। ९२१८ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो। पछिल्लो पटक १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १६२९९ सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ४७ हजार २ सय २६ पुगेको छ। यस्तै कोरोना संक्रमण मुक्त भएर ३९ हजार ६ सय ७७ जना घर फर्केका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *