‘संक्रमितको शव परिवारलाई नै अन्त्यष्टि गर्न दिउँ, शववाट कोरोना सर्दैन’

काठमाडौ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सावधानी सबैले अपनाउनु पर्ने तर त्र’सित् हुन नपर्ने बताउनुहुन्छ । तिवारीका अनुसार सङ्क्रमितले ह्याछ्यु गर्दा, खोक्दा निस्कने छिटाबाट रोग सर्ने हुँदा दुई मिटरको दूरी कायम गरेर मास्क लगाएर, समय समयमा साबुन पानीले हात धोएमा रोग सर्नबाट बच्न सकिन्छ । सामान्य लक्षण र लक्षण नभएका घरमै सुरक्षित तरिकाले राख्न सकिने भएकाले टोल, समुदाय आत्तिनु नपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सङ्क्रमितलाई प्रोत्साहन दिऔँ, हतोत्साहित नबनाऔँ ।” टाढाबाट र हावाबाट रोग नसर्ने भएकाले त्र’सित हुन नपर्ने उहाँले जानकारी दिनुभयो । घरमै रहेका सङ्क्रमितलाई समय समयमा ध्यान दिने, कपडा र प्रयोग भएका वस्तुहरु सर्फ पानी, क्लोरिनले सफा गर्ने गरेमा रोग अरुलाई सर्नबाट बचाउन सकिने उहाँको भनाई छ ।

घरमा बसेका सङ्क्रमित छिटो निको हुने गरेको तथ्याङ्क पनि उहाँमा छ । उहाँले भन्नुभयो, “सङ्क्रमिलाई अपमानित गर्नु हुँदैन ।” सङ्क्रमितको मृ’त शरीरबाट अरुमा स’ङ्क्रम’ण सर्ने सम्भावना ज्यादै न्यून हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मृ’तक व्यक्ति र तिनका परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन ।” शव व्यवस्थापन गर्न परिवारले चाहेमा उच्च सावधानी अपनाएर गर्न सकिने उहाँको राय छ।

उहाँले थप्नुभयो, “अहिले ठाउँठाउँमा क्रिया बसेकाहरुलाई फरक व्यवहार गरेको सुनिएको छ, त्यो राम्रो होइन ।” मलामी गएकाहरुमा शवबाट नभएर मलामी मलामीबीचको सम्पर्कबाट रोग सर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मलामीमध्ये एउटा सङ्क्रमित हुँदा अरुलाई सर्ने गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउनु पर्छ ।”

कोरोना सङ्क्रमित र सङ्क्रमितको परिवारलाई सुरक्षा सावधानी अपनाउँदै आवश्यक सहयोग र प्रोत्साहन गर्नेतर्फ सबै लाग्न आवश्यक छ । हालसम्म चितवनमा कोरोना भाइरसबाट १ हजार ५२ जना सङ्क्रमित भएका छन् । तीमध्ये २५३ जना निको भएर घर फर्र्किएका छन् भने ७८७ जना उपचाररत या आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *