विप्लवका छोराले डाक्टरको लाइसेन्स पाए, सामाजिक सञ्जालमा बधाईको ओइरो

काठमाडौ । प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द अन्तत डाक्टर बनेका छन् । एमबिबिएस परिक्षा उतीर्ण गरेपनि उनले लाइसेन्स परिक्षा भने दिन पाएका थिएनन् । उनले नेपाल मेडिकल काउन्सिलले हालै लिएको परीक्षा उत्तिर्ण गरेका हुन् । चन्दलाई गत मंसिरमा काउन्सिलले लिएको परीक्षामा सहभागी हुनबाट बञ्तित गरिएको थियो । मेडिकल माफियाविरुद्ध डा। चन्दले संघर्ष र आन्दोलनको नेतृत्व गरेका थिए । चन्दले काउन्सिलको परीक्षा पास गरेपछि उनलाई मान्यता थापाले बधाई र शुभकामना दिएकी छिन् । मान्यता पनि आन्दोलनको अग्रपंक्तिमा थिइन् ।

उनले सामाजिक सञ्जालमा फेशबुकमार्फत प्रकाशलाई यसरी बधाई दिएकी छिन्, मङ्सिर मा मेडिकल माफिया बिरुद्ध को सङ्घर्ष र माफिया ले रचेको पे’स्तो’ल षडयन्त्र का कारण एनएmसी लाइसेन्स इक्जाम दिन नपाएर अहिले कोरोना को अन्यौलग्रस्त स्थिति मा भएकोे ऊक्त परीक्षा उत्तीर्ण गर्नु भएको मा डा। प्रकाश चन्द लाई हार्दिक बधाई अनि धेरै धेरै शुभकामना । पढाई र संघर्षलाई अनुशासित ढंगले संचालन गर्ने हो भने दुबई कुरा नबिगारि अगाडि बढ्न सकिन्छ भन्ने अफ्नो विचार सही सावित गर्नुभएको छ। आफ्नो ज्ञान सदैव गरिब र दुःखी जनताको निम्ति समर्पण गर्ने चाहाना सदैव पूरा भैराहोस ।”

मान्यताको यस स्टाटसमा ५ सय बढि रियाक्सन आएको छ भने सय बढि कमेन्ट आएका छन् । सबै कमेन्टमा डा। प्रकाशलाई बधाई दिइएको छ । मान्यताको स्टाटसमा कमेन्ट गर्दै मञ्जुश्री ग्यावा लेख्छिन्, कहाँ व्यवस्था गरिएको छ सर्वहारा वर्गको लागी ल’ड्’छु भन्नेहरु र ल’ड्’नेहरु पढेका हुँदैनन् र पढ्नु हुँदैन भनेररु पहिले आफु शिक्षित हुने अनि अरुलाइ शिक्षाको लागी प्रेरणा दिने हो। अनपढ नेताहरुको मिठा भाषण सुन्ने बानी परेका नेपालीहरुलाइ यि कुराहरु नपच्नु स्वभाविक प्राय छ। बधाई छ डा। प्रकाश चन्दलाई। राजनैतिक आस्था जुनसुकै पार्टीमा होस् तर यस राज्यको हरेक क्षेत्रमा रहेका माफियाहरुको विरुद्दमा उर्लिने त्यो वुलन्द आवाज कहिल्यै नरोकियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *