दिनदिनै नुहाउनुहुन्छ ? सचेत हुनुहोस्, यस्तो हानी हुनसक्छ !

काठमाडौं– धेरै मानिसहरुले दैनिकरुपमा नु्हाउने गर्छन् । हाम्रो शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुँदा नुहानु भनेको फोहोर पखाल्नु भन्दा पनि बढ्ता कुरो हो भन्ने मानिन्छ ।

गर्मीयाममा त झन तराइतिरका मानिसहरुले दैनिक दुई तीन पटकसम्म नुहाउने गर्छन् । दैनिक रुपमा नुहाउनु स्वास्थ्यका लागि हानीकारक नभएपनि दैनिकरुपमा ननुहाउँदा पनि हुने चिकित्सकहरु बताउँछन् ।

कतिपयले जाडो मौसममा तातो पानीले नुहाउने गर्छन् । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउने चिकित्सकको सुझाव छ । तातो पानीले नुहाउँदा छालाको प्राकृतिक तेल पनि नोक्सान हुन्छ ।

त्यस्तै दिनहुँ नुहाउँदा छाला रुखो हुने र यसको प्राकृतिक नरमपन पनि मासिने चिकित्सकहरुले बताएका छन् । छालामा भएको एक प्रकारको ब्याक्टेरिया नष्ट हुने हुँदा छालाको सुरक्षा कवच पनि बिस्तारै कमजोर हुँदै जान्छ ।

उक्त ब्याक्टेरियाको रासायनिक उत्पादनले एक प्रकारको टक्सिन निकाल्छ । जसले गर्दा हाम्रो छाला सुरक्षित हुन्छ । दिनहुँ नुहाउादा यस्तो तत्व पनि नोक्सान हुन्छ । त्यसकारण दैनिक ननुहाए पनि हुँने चिकित्सकहरुको भनाइ छ ।यद्यपी धेरै काम गर्दा या जिम गर्दा पसिना आएको भए नुहाउनु पर्ने हुन्छ । किनकी पसिनाले छालालाई असर गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *