गौरवले ‘बाँचेको छु धन्न’ भन्दा रोइन् आश्मा

काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक विक्रम परियारको स्वर रहेको लोक गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत र शिव सुवेदीको रहेको छ । शिवको यसअगाडि ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यति जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका धेरै गीत चर्चित छन् ।

गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आश्मा खड्काको अभिनय छ । देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा प्रस्तुत गरिएको छ । भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादनमा प्रविण भट्ट रहेका छन् ।

किरण र अस्मिताको स्वरमा ‘तिम्लाई सल्युट’ बजारमा

किरण निरौला र अस्मिता अधिकारीको स्वरमा सजिएको ‘तिम्लाई सल्युट’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । बिन्दाबासिनी म्यूजिककले आफ्नो युट्युव च्यानल मार्फत सो गित बजारमा ल्याएको हो ।

झापा घर भएकी अस्मिता र उदयपुरका किरणको बेलामा रहेको सो गितमा नरेश भुर्तेलले संगित गरेका छन् । दिनेश सुवेदीले लेखेको सो गितको एरेन्ज उदयराज पौडेल र क्यामरामा राजन कार्किले साथ दिएका छन् । फिल स्टुडीओ अनामनगरमा छायांकन गरिएको सो गितमा प्रेमि–प्रेमिकाको बिचमा प्रेमिल संवाद ब्यक्त गरिएको छ ।

गीतको म्यूजिक भिडियो लकडाउन खुलेपछि थप परिस्कृत तरिकाले छायांकन गरिने संगीतकार नरेश भुर्तेलले रातोपाटीलाई बताए ।

भिडियो हेर्नुस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *