अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पुरा गर्ने रोनाल्डो दोस्रो खेलाडी

काठमाडौं । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पुरा गर्ने पहिलो युरोपियन खेलाडी बन्न सफल भएका छन्।रोनाल्डोले हालसम्म आफ्नो करियरमा ५७ वटा गोल फ्रि–किक मार्फत गरेका छन् । रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ ।हिजो राती भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले सय गोल पुरा गरेका थिए ।

हालसम्म रोनाल्डो भन्दा बढि गोल गर्ने एक मात्र खेलाडी इरानका अलि डेइले सन् १९९३ देखि २००६ सम्ममा १ सय ९ गोल गरेको रेकर्ड छ । सर्वाधिक गोल गर्दै रेकर्ड राख्ने अन्य खेलाडीमा अर्जेन्टिनाका लियोनल मेस्सी र भारतका सुनिल क्षेत्री रहेका छन् । हालसम्म मेस्सीले ७० गोल र भारतका सुनिल क्षेत्रीले ७२ गोल गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *