गुलावी गाला हुने व्यक्ति सर्वगुणी, पहेलो हुने उत्साहहिन, गाला हेरेर थाहा पाउनुहोस् भाग्य

काठमाडौँ । समुद्र शास्त्रका अनुसार कुनै व्यक्तिको अनुहार एउटा खुल्ला किताब जस्तै हो। जसका माध्यमबाट उसको व्यक्तित्व, स्वभावका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। गाला अनुहारको एक हिस्सा हो। अनुहार सुन्दर बनाउनका लागि गालाको महत्वपूर्ण भूमिका रहन्छ। आज हामी तपाईलाई गालाको रंग कस्तो हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ भन्ने बारे जानकारी गराउँदैछौँ ।

गुलावी र सामान्य गाला
जुन व्यक्तिको गाला गुलाबी र सामान्य हुने गर्दछ, त्यस्ता व्यक्ति सौन्दर्य, सहनशीलता, चतुराई, मेहनती, उदारता, आकर्षक एवम समृद्धका प्रतिक मानिने गर्दछन्। यस्ता गाला हुने व्यक्तिलाई सर्वगुणी मानिने गरिन्छ।

सेतो गाला
जुन व्यक्तिको गालाको रंग सेतो हुने गर्दछ, त्यस्ता व्यक्तिमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्दछन्। यस्ता व्यक्तिमा निराशा र आलस्यता हुने गर्दछ। यस्ता व्यक्तिमा निश्चितताको भावना अत्याधिक हुने गर्दछ। यस्ता व्यक्तिले हरेक काम आफ्नै ढंगले गर्न मन पराउछन्।

गालाको रंग रातो
जुन व्यक्तिको गालाको रंग रातो हुने गर्दछ, त्यस्ता व्यक्ति केही रिसाहा प्रवृतिका हुने गर्दछन्। सानो सानो कुरामा पनि यिनीहरुलाई रिस उठ्ने गर्दछ। यस्ता मानिसको साहस साथै उत्पन्न हुने गर्दछ।

गालाको रंग गुलाबी
जुन व्यक्तिको रंग गुलाबी हुने गर्दछ, त्यस्ता व्यक्ति सन्तुलित मानसिकताका हुने गर्दछन्। कुनै पनि परिस्थितीमा यी व्यक्तिले आफूलाई निकै राम्रोसँग सेट गर्न सक्ने हुन्छन्। यस्ता व्यक्तिले हरेक काम आफ्नो विशेष शैलीसँग पुरा गर्न रुचाउछन्। यस्ता व्यक्तिले जीवनमा कयौँ उपलब्धि हाँसिल गर्दछन्।

गालाको रंग पहेलो
गालाको रंग पहेलो हुनु अस्वस्थताको प्रतिक हो। जुन व्यक्तिको गालाको रंग पहेलो हुने गर्दछ, त्यस्ता व्यक्तिमा शक्तिको कमी हुने गर्दछ। यस्ता व्यक्ति सधै उत्साहहिन र भयभित हुने गर्दछन्।

सामान्य गाला
यदी कुनै व्यक्तिको गाला सामान्य मसलवाला हुने गर्दछ, अर्थात हेर्दा सामान्य देखिने गर्दछ, त्यस्ता व्यक्ति शारिरीक र मानसिक रुपमा मजबुत हुने गर्दछन्। यस्ता व्यक्तिमा आकर्षण अत्याधिक हुने गर्दछ। यस्ता व्यक्तिमा व्यवहारिकताको गुण हुने गर्दछ।

मोटो गाला
जुन व्यक्तिको गाला मोटो हुने गर्दछ, त्यस्ता व्यक्ति भोगी, समृद्ध तथा विलासी हुने गर्दछन्। यस्ता व्यक्तिको मानसिक विकास शरीरको अपेक्षामा कम हुने गर्दछ।

सुकेको गाला
जुन व्यक्तिको गाला सुकेको वा रुखो देखिन्छ, त्यस्ता व्यक्ति असन्तुलित आहार, मानसिक चिन्ता एवम् द्वेष प्रवृत्तिका हुने गर्दछन्। यस्ता व्यक्ति क्रोधी, किचकिचे वा जीवनता धेरै पटक असफलताबाट गुज्रिएका हुने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *