कम्मर तथा महिनावारीमा पेट दुख्ने समस्याबाट छुटकारा पाउन सेवन गर्नुहोस् बेसार

काठमाडौँ । हरेक घरको भान्सा पाइन्छ-बेसार । योबिना खाना बनाइँदैन । खानाको स्वाद बढाउन र रङ दिन प्रयोग हुने बेसार महिलाहरुका लागि भने निकै उपयोगी मानिन्छ ।बेसारमा एन्टी अक्सिडेन्ट, एन्टी भाइरल, एन्टी इन्फ्लामेशन, एन्टी ब्याक्टेरिया र एन्टी माइक्रोबिल जस्ता तत्वहरु पाइन्छ। यसका साथै, बीटा केरोटीन, एसकर्भिक एसिड, भिटामिन सी, क्याल्शियम, फाइबर, आइरन, पोटाशियम, जिङ्क जस्ता पदार्थहरुले भरिएको बेसार महिलाहरुको महिनावारी, इम्युन सिस्टम, गर्भावस्था, पीसीओडी जस्ता समस्याहरुमा प्रयोग गर्न सकिन्छ।

पोलिसिस्टिक ओभरी डिसअर्डर महिलाहरुमा हुने समस्या हो । यो समस्या महिलाहरुको भित्रि अंगहरुमा हुने हर्मोनको असन्तुलका कारण हुन्छ । यो समस्यामा महिलाहरुको भित्रि अंगमा पुरुष हर्मोन एन्ड्रोजनको मात्रा बढ्दा देखिने लक्षण हो। यसमा समेत बेसारको प्रयोग लाभदायी मानिन्छ ।बेसार महिलाका लागि कति फाइदाजनक ?

रोगप्रतिरोधी क्षमता बढाउन

चिया वा पेय पदार्थमा बेसार मिसाएर प्रयोग गर्नुपर्छ । प्रत्येक दिन खानामा बेसारको प्रयोग गर्ने गर्नुपर्छ । यसका साथै पेय पदार्थमा समेत बेसारको प्रयोग गरेको खण्डमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

महि नावा रीको समस्या

महि नावा रीसम्बन्धी कुनै पनि समस्यामा बेसारको प्रयोग गर्ने गर्नुपर्छ । यसले शरीरमा हुने दु खाई कम गर्छ भने दिमाग पनि स्वच्छ राख्छ । साथै, यसले यौ ना ङ्गमा हुने संक्रमणबाट समेत बचाउँछ ।

ह र्मो नका लागि

महिलाहरुमा हुने ह र्मो नसम्बन्धी असन्तुलनका लागि बेसार फाइदाजनक हुन्छ । बेसारले महिलाहरुमा हुने भित्रि स म स्याहरुमा लाभ दिन्छ ।

कम्मर दुख्ने समस्या

कम्मर वा ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि बेसारको प्याक फाइदाजनक हुन्छ। दुखेको ठाउँमा बेसारको प्याक बनाएर लगाउँदा दुखाई कम हुन्छ।

स्त नपा न गराउने महिलालाई

स्त नपा न गराइरहेकी महिलाहरुको स्त न प्रायः सुन्निने, गाँठा बस्ने तथा दूध कम आउने समस्या देखापर्छ । यस्तो अवस्थामा दूधमा बेसार मिसाएर पिउँने वा खानेकुरामा बेसार मिसाएर खाँदा समस्या कम हुन्छ ।

ग र्भवती र बच्चाका लागि

ग र्भावस्थाको समयमा महिलाहरुमा विभिन्न स म स्याहरु देखापर्छन् । ग र्भाव स्थामा शिशु र आमाका लागि सन्तुलित मात्रामा बेसार खाने गर्दा दुवैको स्वास्थ्य मजबुत हुन्छ । तर, ग र्भा व स्थामा बेसार खानामा प्रयोग गरिने जति मात्रै सेवन गर्नुपर्छ । बेसारलाई अन्य तरिका अपनाएर खानुहुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *