निषेधाज्ञा खुकुलो भएसँगै काठमाण्डौ उपत्यकामा देखिएकाे चहलपहल

काठमाण्डाै – निषेधाज्ञा खुकुलो भएसँगै काठमाण्डौ उपत्यकामा चहलपहल बढेको छ । गएको भदाै १ गतेदेखिको निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेको हो । सडकमा गाडीको सङ्ख्या बढेको छ ।बिहीबारदेखि उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक र निजी गाडी चलिरहेका छन् । यस्तै निषेधाज्ञा खुकुलाे भएपछि मुख्य शहर बजारमा मानिसको ओहोरदोहोर पनि बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार, पसल खुल्न थालेका छन् ।

बिहीबारदेखि दैनिक उपभोग्य वस्तुका पसल बिहान ११ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म खोल्न पाइन्छ । भाँडा र भान्साको सामग्रीका कारोबार हुने पसल भने आइतबार, मङ्गलबार र शुक्रबार मात्रै खोल्न पाइने छ ।यस्तै, शपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता र कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइन्छ । तर पसल खोल्ने तालिका र बार थाहा नहुँदा बिहीबार पनि धेरै फेन्सी तथा कपडाका पसल खुलेका छन् ।

काठमाण्डौको न्युरोडका फेन्सी पसल खुलेपछि सुरक्षाकर्मीले सम्झाइ बुझाइ गरी बन्द गर्न लगाएको छ । प्रहरीले बजार पसल खोल्नुअघि तालिकाबारे जानकारी राख्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *