काठमाडौं २३ भाद्र / गत बुधबार राति एक्कासि आएको बाढीले ३० घर भन्दा धेरै बगाएपछि बागलुङ जिल्ला यतिबेला शोकमा डुबेको छ ।बाढीमा परि १७ जनाको ज्यान गइसकेको छ भने केही अझै बेपत्ता रहेको छ । बाढीबाट बच्न सफल घरबार बिहिन बनेका पीडित परिवारहरुलाई अभिनेता पल शाह गायक दुर्गेश थापा लगायतका टिमले बागलुङ पुगेर रहात सामाग्री वितरण गरेको छ ।
सिरक डसना, दाल चामल, नुन तेल बोकेर यतिबेला पह शाहको टिम बागलुङ सम्मको यात्रामा छन् । शाहले यसअघिपनि कैलाली पुगेर पहिरो पीडितलाई सहयोग गरेर फर्केका थिए ।
ढोरपाटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा केहिकाे अवस्था अझै थाहा हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएकाे छ । अरु थुप्रै घरमा क्षति पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ ।
वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो ।माथितिर कुनै ताल फुटेर वा खोला थुनिएर बाँध बनी एक्कासी बाढी आएको हुन सक्ने ढोरपाटन नगरपालिकाका उपमेयर करमती पुन मगरले बताउनुभयो