एकै दिन काठमाडौँ उपत्यकामा मात्रै ५ सय ७२ जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँमा सय ४ सय ९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

यसअघि बुधबारको नियमित मिडिया ब्रिफिङका क्रममा उपत्यकामा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको थियो।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। यस्तै संक्रमित मध्ये ७० प्रतिशत निको भएका छन्। नेपालमा कोरोनाबाट ३ सय १७ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितकोे संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या नेपालमा संक्रमितको संख्या ५० हजार नाघेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको बताएका छन्।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर एक हजार ८ सय १८ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १४ हजार ४ सय ४८ छन् भने ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए।मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ८ लाख १० हजार ४८५ परीक्षणहरु गरिएका छन्। त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *